नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

बालिकालाई यौन दुव्र्यबहार गरेको आरोपमा मानेभञ्ज्याङ्गका एक पुरुष पक्राउ

ओखलढुङ्गान्युज, जेठ , २०७७ ओखलढुङ्गा एक बालिकालाई यौन दुव्र्यबहार गरेको आरोपमा ओखलढुङ्गामा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिकाका अन्दाजी ५४ वर्षका एक पुरुष रहेका छन् ।

आफ्नै १३ वर्षिया छोरीलाई यौन दुव्र्यबहार गरेको आरोपमा ती पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । पटक पटक आफुमाथि यौन दुव्र्यबहार गरेको भन्दै वालिका स्वयम्ले नै उजुरी गरेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । पिडित भनिएकी वालिकालाई अहिले जिल्लामा सञ्चालित सुरक्षित आवास गृहको संरक्षणमा राखिएको छ ।

पक्राउ परेका पुरुषलाई अहिले हिरासतमा लिई आवश्यक अनुसन्धान गरिरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । कोरोना संक्रमणको आशंकमा लकडाउन भएको करीब ५८ दिन वित्दै गर्दा पछिल्ला दिनहरुमा ओखलढुङ्गामा लैङ्गिक हिंसा र यौन दुव्र्यबहार भएको घटनाहरु बाहिर आउन थालेका छन् ।