नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

आज युगकवि सिद्धिचरण श्रेष्ठको १०९ औं जन्मजयन्ती

ओखलढुङ्गान्युज, जेठ ९, २०७७ । ओखलढुङ्गा । कोरोना भाईरस संक्रमणको त्रासमा भएको लकडाउनका बिच ओखलढुङ्गामा युगकवि सिद्धिचरण श्रेष्ठको १०९ औं जन्मजयन्ती मनाइएको छ । युगकवि श्रेष्ठको जन्मजयन्तीको अवसरमा सम्मान स्वरुप सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

युगकवि श्रेष्ठको जन्मजयन्तीको अवसरमा सम्मान स्वरुप प्रतिमास्थलमा शुक्रबार बिहान नगरप्रमुख श्रेष्ठसहित सिद्धिचरण संग्राहलय समितिका कार्यबाहक अध्यक्ष रुपेश शाक्य, सचिव ध्रुव राजभण्डारी, सिद्धिचरण नगरपालिका वडा नं १२ का वडाध्यक्ष विनाेदकुमार श्रेष्ठ, लगायतले समेत माल्यार्पण गर्नुभएको थियो । माल्यार्पणमा सहभागीहरुले युगकवि सिद्धिचरण श्रेष्ठको योगदानको चर्चा गरेका थिए ।
विगत वर्षहरुमा युगकवि श्रेष्ठको जन्मजयन्तीको अवसरमा विभिन्न साहित्यिक कार्यक्रम हुनेगरेको थियो । युगकवि श्रेष्ठको सम्मान स्वरुप गत वर्षदेखि पुर्ण कदको प्रतिमा स्थापना गरिएको छ । पुर्ण कद भएको प्रतिमाको राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्नुभएको थियो ।