नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

उदयपुरको भुल्केबाट आएका आमाछोराको पिसिआर रिपोर्ट नेगेटिभ

ओखलढुङ्गान्युज, जेठ ७, २०७७ । ओखलढुङ्गा । केहि दिन अगाडी ओखलढुङ्गा आएका आमाछोराको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमित क्षेत्र उदयपुर जिल्लाको भुल्केबाट आफ्नो घर ओखलढुङ्गाको चिशंखुगढी आएका आमाछोरा दुवैको पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाका फोकल पर्सन सुमन तिवारीले जानकारी दिनुभयो ।

घर आएका उनीहरुको बारेमा सुचना प्राप्त हुनासाथ चिशंखुगढी गाउँपालिकाले बिचबाटोबाट नै उनीहरुलाई पालिकाले तयार गरेको क्वारेन्टाइनमा राखेको थियो । किन एक हप्तासम्म क्वारेन्टाइनमा राखिएका उनीहरुको आरडिटी परीक्षण रिपोर्ट पनि नेगेटिभ नै आएको थियो ।
आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ आएपनि कोरोना संक्रमित क्षेत्रबाट आएका हुनाले उनीहरुको स्वाब लिइ पिसिआर परीक्षणका लागि काठमाडौँ पठाइएको थियो । उनीहरुको पिसिआर परीक्षणको रिपोर्ट मंगलबार साँझ नेगेटिभ नै आएपछि होम क्वारेन्टाइनमा रहने गरी उनीहरुलाई बुधबार घर पठाउने चिशंखुगढी गाउँपालिकाले तयारी गरेको छ ।