नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ओखलढुङ्गामा राष्ट्रिय वाणिज्य बैंक पनि हप्ताको तिन दिन मात्रै खुल्ने

ओखलढुङ्गान्युज, जेठ , २०७७ ओखलढुङ्गा ओखलढुङ्गा जिल्लामा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय पनि हप्तामा तिन दिन मात्रै सञ्चालन हुने भएको छ । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय ओखलढुङ्गाले आज एक सूचना जारी गर्दै आफ्ना सेवाग्राहीहरुका लागि जानकारी गराएको हो ।

शुक्रबार बसेको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाको बैठकले जिल्लामा सञ्चालनमा रहेका अन्य १३ ओटा वैंकहरुको बारेमा कार्यालय खुल्ने बार उल्लेख गरेपनि वाणिज्य बैंकको बारेमा भने केही उल्लेख गरेको थिएन । जिल्ला कमाण्ड पोष्टको बैठकमा आफुहरुलाई खबर पनि नभएको र बैंकको केन्द्रिय कार्यालयले सूचना समेत जारि गरेकोले यो लकडाउनको समयाबधीमा ओखलढुङ्गामा पनि हप्तामा तिनदिन मात्रै बैंकले सिमित कारोबार गर्ने जनाएको छ ।

बैंकका अनुसार आईतवारदेखी राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय ओखलढुङ्गा हप्तामा तिनदिन अर्थात आईतवार, मंगलबार र विहिवार मात्रै सञ्चालन हुनेछ । सातामा तिन मात्रै विहान १० बजे देखी दिउो १ बजे सम्म मात्र बैंक सञ्चालन हुने र नियमित पेन्सन खादै आएकाहरुको हकमा समेत जेठ १६ पछि मात्रै खातामा रकम जम्मा हुने हुने सुचनामा उल्लेख छ । बैंक सञ्चालनको अबधीमा समेत बैंकले सिमित मात्रै कारोबार गर्ने जनाएको छ ।

बैंकले जारी गरेको सूचना