नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला निर्देशक कार्कीलाई दुर्व्यवहार गर्ने पक्राऊ

ओखलढुङ्गान्युज, जेठ ४, २०७७ । काठमाण्डौ । बागमती प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई बाटोमा रोकेर अभद्र व्यवहार गर्दै केरकार गर्ने एक युवालाई प्रहरीले पक्राऊ गरेको छ । पक्राउ पर्नेमा आफुलाई सामाजिक अभियन्ता बताउदै सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्ने युवा उत्तम कार्की रहेका छन् । 

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कार्कीलाई प‏क्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ गरिएका कार्की विरुद्ध अभद्र व्यवहारको कसूर सम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बागमतीका निर्देशक नारायण कार्की हेटौंडाबाट काठमाडौं आउदै गर्दा नागढुंगामा आफुलाई सामाजिक अभियन्ता भन्ने उत्तम कार्की सहितका युवाले कडा शव्दमा हप्कीदप्की गरेका थिए । हप्किदब्की सगै युवाको टोलीले निर्देशकको गाडी तथा झोलाहरुको गैर कानुनी तवरले खानतलासी गरेका थिए ।
पक्राउ परेका कार्कीले त्यो दृश्यलाई स्वमंले नै आफ्नो फेसबुकबाट लाईभ गरेका थिए । भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सामाजिक अभियन्ताको नाममा भएको उक्त हर्कतको सामाजिक सञ्जालमा कडा बिरोध भएको थियो । बिरोध भएपछि कार्कीले उक्त भिडियो आफ्नो फेसबुक एकाउण्टबाट हटाएको बताएका थिए ।