नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

नेपालमा कोरोना संक्रमणका कारण एक सुत्केरी महिलाको मृत्यु

ओखलढुङ्गान्युज, जेठ , २०७७ काठमाण्डौं नेपालमा कोरोना भाईरस संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्लाकी बाह्रबीसे नगरपालिका राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । महिलाको मृत्यु संगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु भएको पहिलो घटना हो ।

स्वास्थ्य मन्त्रालयले शनिबार राति विज्ञप्ती जारी गर्दै धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरीको मृत्युको कारण कोरोना भाइरस नै भएको सरकारले पुष्टि गरेको हो। कोरोना भाईरस संक्रमणका कारण विहिबार राती धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ ।

त्यस्तै उनीले प्राथमिक उपचार सेवा लिएको बाह«विसे प्राथमिक स्वास्थ्य केन्द्रलाई समेत सिल गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । मृतकको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिनुभयो ।

माइती गाउँबाट आफन्तहरु ती महिलालाई भेट्न गएकाले त्यो गाउँ पनि सिल गरिएको हो । अस्पतालमा सुत्केरीको कोरोना भाईरस संक्रमणका कारण मृत्यु भएपछि धुलिखेल अस्पतालमा समेत पुरै सिल गरिएको छ ।  यस अगाडी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा समेत एक ६ बर्षिया बालकमा कोरोना पुष्टि भएपछि अस्पताल सिल गरिएको थियो ।

मन्त्रालयको विज्ञप्ती