नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

बाँके र मकवानपुरमा ९ थपिए, नेपालमा संक्रमितको संख्या २ सय ५८

ओखलढुङ्गान्युज, जेठ , २०७७ काठमाण्डौं शुक्रबार विहान नेपालमा कोरोना ९ जना कोरोना भाईरसका संक्रमितहरु थपिएका छन् । शुक्रबार विहान ९ जना थपिएसगै नेपालमा कोरोना भाईरस संक्रमित हुनेहरुको संख्या २ सय ५८ पुगेको छ ।

शुक्रबार सार्वजनिक भएका नयाँ संक्रमितहरुमा बाँके जिल्लाका ८ जना र मकवानपुर जिल्लाका १ जना रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर कुमार अधिकारीले जानकारी दिनुभयो । मकवानपुर जिल्लामा ३७ वर्षका एकजना पुरुषमा कोरोना भाईरुसको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै मकवानपुर जिल्लामा पहिलो पटक कोरोना सक्रमित फेला परेका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौंमा गरिएको परीक्षणमा बाँके नरैनापुर गाउँपालिका वर्ष १८, २०, २२, २५, २५, २७, ३२ र ३६  वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभएको हो ।