नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

मंगलबार ८३ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २ सय १७

ओखलढुङ्गान्युज, बैशाख ३१, २०७७ । काठमाण्डौ ।नेपालमा मंगलबार मात्रै ८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मंगलबार ८३ जना थपिए सँगै कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मंगलबार आएको पिसीआर परीक्षण रिपोर्टमा काठमाडौँ र भक्तपुरमा पनि संक्रमित फेला परेका छन् । काठमाण्डौ र भक्तपुरमा समेत कोरोनाको संक्रमित पाइएपछि यस जिल्लालाई समेत रेडजोनमा परेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौमा गरिएको परीक्षण रिपोर्ट अनुसार मंगलबार पछिल्लो पटक २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यसअघि मंगलबार नै दिउसो ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

मंगलबार कोरोना संक्रमितहरुको संख्या बढेपछि यस अघि एक जिल्लाबाट अर्को जिल्लामा जान जिल्ला प्रशासन कार्यालयले जारी गर्ने गरेको सवारी पासलाई पुर्ण रुपमा बन्द गरिएको छ ।