नेपाली समय Loading...२०८२ बैशाख ९ मंगलवार

माननिय सुनुवारको पहलमा ओखलढुङ्गामा थप स्वास्थ्य सामाग्री

ओखलढुङ्गान्युज, बैशाख २५, २०७७ ओखलढुङ्गा संघिय प्रतिनिधीसभा सदस्य माननिय यज्ञराज सुनुवारको पहमा जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गालाई थप स्वास्थ्य सामाग्री उपलब्ध भएको छ । माननिय सुनुवार मार्फत जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गालाई प्राप्त भएको सामाग्री बुधबार बसेको जिल्ला कमाण्ड पोष्टको बैठक मार्फत जिल्लाका आवश्यक स्थानमा हस्तान्तरण गरिएको छ ।

ओखलढुङ्गावाट निर्वाचित सांसद सुनुवारले केही समय अगाडी कोरोना संक्रमणको केही प्रवाह नगरी जिल्लाका स्थानीय तहहरुको अनुगमनका साथै गाउँपालिका प्रमुखहरुसग छलफल समेत गर्नुभएको थियो । गाउँपालिका प्रमुखहरु सग भएको छलफल र स्थानीय तहको आवश्यकताका आधारमा माननिय सुनुवारले समन्वय गरि कोरोना भाईरस संक्रमणवाट बच्न आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु जिल्ला कमाण्ड पोष्टलाई हस्तान्तरण गर्नुभएको हो ।

पछिल्लो पटक माननिय सुनुवारको पहलमा जिल्ला कमाण्ड पोष्टलाई पीपीई ५० सेट, सर्जिकल मास्क १ हजार थान, पञ्जा ५ सय थान, सेनिटाईजर २० लिटर आइं आर थर्मोमिटर (थर्मल गन) ५ थान उपलब्ध भएको छ । उपलब्ध भएको स्वास्थ्य सामाग्रीहरुलाई बुधबार बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले सिद्धिचरण नगरपालिकालाई थर्मल गन २ थान, सर्जिकल मास्क ३ सय थान, पञ्जा २ सय ५० जोडी हस्तान्तरण गरेको छ । त्यस्तै थर्मल गन नेपाल प्रहरीलाई १ थान, शसस्त्र प्रहरीलाई १ थान र जिल्ला प्रशासन कार्यालयमा १ थान उपलब्ध गराउने निर्णय गरेको छ ।

बुधबार बसेको कमाण्ड पोष्टको बैठकले जिल्लाका ८ ओटै स्थानीय तहमा १/१ लिटर, नेपाल प्रहरीलाई ५ लिटर, शसस्त्र प्रहरीलाई १ लिटर र नेपाली सेनालाई २ लिटर सेनिटाईजर उपलब्ध गराउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिनुभयो ।