नेपाली समय Loading...२०८२ बैशाख ९ मंगलवार

विरगञ्जमा १७ थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ९९

ओखलढुङ्गान्युज, बैशाख २५, २०७७ काठमाण्डौं बुधवार विरगञ्जमा एकैदिन १७ जनालाई कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको छ । विरगञ्जमा यो संख्या थपिएसगै नेपालमा कोरोना भाईरस संक्रमित हुनेहरुको संख्या ९९ पुगेको छ । संक्रमितमध्ये एक जना दुई महिने शिशु र एक ६ महिनाकी बालिका छन् ।

संक्रमणको पुष्टि भएका परिवारका एकजनामा गत बैशाख २१ गते कोरोना सक्रमण भएको रिपोर्ट आएको थियो । त्यसैको आधारमा उनी सम्पर्कमा आएका ३२ जनामा स्वाब परीक्षण गर्दा उनका परिवारका १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । सोमबार ३२ जनाको थ्रोट स्वाबको नमुना संकलन गरी काठमाडौं पठाइएकोमा विहिबार रिपोर्ट आएको हो ।

नेपालमा कोरोना भाईरस संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेपछि बुधबारको मन्त्रिपरिषदको बैठकले थप १० दिन लकडाउन थप गर्ने निर्णय गरेको छ । लकडाउन थप गरेको भएपनि खाद्यान्न सामाग्री आपूर्ति, तरकारी तथा दुधजन्य पद्धार्थको विक्रि वितरणमा भने केहि खुला गरेको छ । त्यस्तै सरकारले निर्माण गरेको शर्तलाई पालना गर्दै होटल व्यबसाय सञ्चलान गर्नपनि केही खुकुलो बनाएको छ ।