नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

नेपालगञ्जमा थपिए एकैदिन १५ जना, नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो

ओखलढुङ्गान्युज, बैशाख २१, २०७७ काठमाण्डौं नेपालगञ्जमा एकैदिन १५ जनामा कोरोना भाईरस संक्रमित भएको पुष्टि भएको छ । आईतवार १५ जना नयाँ संक्रमित थपिए सगै नेपालमा कोरोना भाईरस संक्रमण हुनेहरुको संख्या ७५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयने आईतबार दिउसो पत्रकार सम्मेलन गरि नेपालगञ्जमा ९ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको जनाएको थियो । त्यस्तै आइतबार साँझ अर्को पत्रकार सम्मेलन गरि नेपालगञ्जमा थप ६ जनाको पीसीआर  विधिबाट भएको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएको जनाएको छ । मन्त्रालयले पत्रकार सम्मेलन गरि जानकारी दिए अनुसार आईतबार कोरोना भाईरस संक्रमणको पुष्टि भएकामा एक ७ बर्षका बच्चा समेत रहेका छन् । तर उक्त बच्चा बालक हो वा बालिका के हो भनेर खुलाईएको छैन ।

आईतवार कोरोना भाईरस संक्रमणको पुष्टि भएको सबैको भेरी अस्पताल, नेपालगन्जको प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो ।  मन्त्रालयका अनुसार अहिलेसम्म देशमा पीसीआर विधिबाट १३ हजार चार सय १४  र आरडीटी विधिबाट ५९ हजार ६ सय ८९ नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ८ सय ७९ जनाको नमुना परीक्षण भएको छ। अहिले देशभर २१ हजार ९ सय बढी क्वारेन्टाइनमा छन् ।  आइसोलेसनमा उपत्यकामा ४ र बाहिर ७३ गरेर ७७ जनाको उपचार भइराखेको बताईएको छ।