नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या नेपालमा ५७

ओखलढुङ्गान्युज, बैशाख १७, २०७७ । काठमाण्डौं । नेपालमा बुधबार एकैदिन थप तीनजना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाराका दुई र पर्साका एक जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले गरेको स्वाब परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । यो रिपार्ट सगै नेपालमा कोरोना भाईरस संक्रमितहरुको संख्या ५७ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले गरेको स्वाब परीक्षणमा बारा जिल्लाका जितपुर सिमरा नगरपालिकाका ४३ वर्ष, सिम्रौनगढका ३१ वर्ष पुरुष र वीरगञ्ज २ छपकैयाका ४६ वर्षका पुरुषमा कोरोना पोजेटिभ ेखिएको हो । उनीहरु तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका व्यक्ति रहेको पाईएको छ । गत आइतबार पनि वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

आईतवार पुष्टि भएका कोरोना भाईरस संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको खोजी गर्ने क्रममा छपकैयाका ४६ वर्षका पुरुषलाई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो । उनको रिपोर्ट पनि पोजेटिभ भएको आएको छ । बुधवार तिन जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ भने १६ जना निको भएर घर फर्किएका छन् ।