नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

लकडाउनमा लिखुको नाकाबाट झण्डै ३ हजार नागरिक ओखलढुङ्गा भित्रिए

ओखलढुङ्गान्युज, बैशाख १५, २०७७ । यसम । नेपाल सरकारले कोरोना भाईरसको संक्रमणको रोकथामका लागि भन्दै लकडाउन गरेपश्चात ओखलढुङ्गामा लिखु गाउँपालिकाको नाका प्रयोग गरि झण्डै तिन हजार नागरिक ओखलढुङ्गा भित्रिएका छन् । लिखु गाउँपालिकाको साघुँटारको नाका प्रयोग गरि २ हजार दुई सय ९४ जना र सिरीसे नाकावाट  ६ सय ५९ गरि जम्मा २ हजार ९ सय ५३ जना ओखलढुङ्गा भित्रिएको लिखु गाउँपालिकाले जनाएको छ ।

लकडाउन हुनसाथ गाउँपालिकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीसग समन्वय गरि सुरक्षा पोष्ट खडा गरेको थियो । सवारी साधनको प्रयोग गरि लिखु गाउँपालिका हुदै ओखलढुङ्गा जिल्लामा भित्रिनेहरुको तथ्यांक भएपनि अरु सयौंको संख्यामा नागरिकहरु हिडेर लिखु हुदै ओखलढुङ्गा भित्रिएको बताईएको छ । लकडाउनका समयमा रातारात काठमाण्डौंवाट हिडेर वा रामेछापको सिमाना सम्म गाडीमा र त्यहावाट हिडेर कयौ नागरिकहरु ओखलढुङ्गा भित्रिएका हुन् ।

ओखलढुङ्गामा शहरवाट भित्रिएका नागरिकहरुका कारण कोरोना संक्रमणको जोखिम भने बढको पाईएको छ । जिल्लामा मोलुङ गाउँपालिका बाहेक कसैले पनि काठमाण्डौ वा ओखलढुङ्गा जिल्ला भन्दा बाहिर जिल्लाबाट आएकाहरुको आरडिटी परीक्षण नगराई नागरिकहरुलाइृ घर पठाएको छ । मोलुङ गाउँपालिकाले पनि केही नागरिकहरुको मात्रै आरडिटी परीक्षण गराएको छ । आफ्नो पालिकामा भित्रिएका नागरिकहरुलाई सामाजिक दुरी कायम गरि शरिरको तापक्रम जाँच गरेर मात्रै कम्तीमा १४ दिनसम्म होम क्वारेन्टाईनमा बस्ने गरि पठाएको छ । तर जिल्लाका अन्य कुनै पनि स्थानीय तहहरुले त्यसो समेत गरेको पाईएको छैन ।

स्थानीय पालिकाहरुले आफ्नो पालिकामा भित्रिएका नागरिकहरुलाई होम क्वारेन्टाईनमा नै रहन आग्रह गरेपनि नागरिकहरुले पालिकाको अनुरोधलाई भने अटेर गरिरहेका छन् । जसका कारण कोरोना संक्रमणको जोखिम शहरमा भन्दा पनि गाउँमा बढ्न सक्ने आशंका गरिएको छ । पालिकाको आग्रहलाई बेवास्ता गर्दै नागरिकहरुका समूह समूहमा बनभोज जाने, तास तथा अन्य खेलकुदमा सहभागी हुनेहरुको संख्या शहरमा भन्दा गाउँमा बढि रहेको छ ।

कोरोना भाईरसको संक्रमणको जोखिमवाट टाढा रहन स्वास्थ्य सतर्कता अपनाउनु र सरकारले गरेको लकडाउनलाई पूर्णरुपमा साथ दिनुमा नै नागरिकको भलाई हुनेछ । स्थानीय सरकारले पनि आफ्नो स्थानीय तहमा भित्रिएका नागकिहरुलाई होम क्वारेन्टाईनमा नै रहनेगरि पठाईएको भएपनि उनीहरु होम क्वारेन्टाईमा छ⠇छैनन् ? के गरिरहेका छन् भनेर अनुगमन गरेमा स्थानीय तहमा कोरोना महामारीवाट टाढा राख्न मद्दत पुग्नेछ ।