नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार नाघ्यो

ओखलढुङ्गान्युज, बैशाख १२, २०७७ काठमाण्डौं कोरोना भाईरस संक्रमणका कारण विश्वमा मृत्युहुनेहरुको संख्या १ लाख ९० हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै विश्वमा ६ हजार ५ सय ६९ जनाले ज्यान गुमाएका छन् । यो सगै वल्डमिटरको पछिल्लो तथ्यांक अनुसार विश्वमा हालसम्म १ लाख ९० हजार ६ सय ५४ जनाले ज्यान गुमाईसकेका छन् ।

त्यसैगरि विश्वमा कोरोना भाईरसवाट संक्रमित हुनेहरुको संख्या २७ लाख १८ हजार ६ सय ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वमा कोरोना भाईरसवाट संक्रमित हुनेहरुको संख्या ८४ हजार भन्दा बढि रहेको छ । संक्रमित भएकाहरु मध्ये सात लाख ४५ हजार ६ सय २० जना उपचारपछि निको भएका पनि वल्डमिटरले जनाएको छ ।

वल्डमिटरको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४९ हजार ८ सय ४२ पुगेको छ। इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ हजार ५ सय ४९ पुगेको छ। स्पेनमा कोरोना भाईरसको संक्रमणका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या २२ हजार १ सय ५७ पुगेको छ। फ्रान्समा ज्यान गुमाउनेको संख्या २१ हजार ८ सय ५६ पुगेको छ भने बेलायतमा १८ हजार ७ सय ३८ जनाले ज्यान गुमाएका छन् ।

नेपालको छिमेकी मुलुक भारतमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७ सय २१ पुगेको छ भने संक्रमित २३ हजार ३९ पुगेका छन् । भारतमा बिहीबार एकै दिन मात्र १ हजार ६ सय ६९ जना नयाँ संक्रमित थपिएका छन् । नेपालमा पनि विहिवार मात्रै कोरोना भाईरसको संक्रमितको तिनजना थपिएपछि संक्रमितको संख्या हाल ४८ पुगेको छ भने निको भएर घर फर्कनेहरुको संख्या १० पुगेको छ ।