नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

क्वारेन्टाइनमा बसेकी अविवाहित युवतीले मृत शिशु जन्माइन

ओखलढुङ्गान्युज, बैशाख ११, २०७७ । मोलुङ । क्वारेन्टाइनमा बसेकी मोलुङ गाउँ पालिकाकी एक अविवाहित युवतीले मृत शिशु जन्माएकी छन् । केहिदिन अगाडी उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी १६ बर्षिया ती अविवाहित युवतीले विहिबार क्वारेन्टाइनमा नै मृत शिशु जन्माएकी हुन् ।

उदयपुरबाट ओखलढुङ्गा आएकी ती युवतीलाई मंगलबार साँझ क्वारेन्टाइनमा ल्याईएको थियो । क्वारेन्टाइनमा राखिएकी युवतीको स्वास्थ्यमा बुधबार बिहानै देखि समस्या देखिएको थियो । बुधबार नै उनले मृत शिशु जन्माएको मोलुङ गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी दिनुभयो । शिशुको मृत्यु भइसकेको र आमाको स्वास्थ्यमा थप समस्या देखिएपछि ओखलढुङ्गा सामुदायिक अस्पताल पठाईएको सुचना अधिकारी नेपालको भनाई छ ।

क्वारेन्टाइनमा बच्चा जन्माउने युवतीलाई अहिले ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । युबतीमा रक्तश्राबको केही समस्या भएपनि हाल भने स्वास्थ्य अवस्था सामान्य रहेको सामुदायिक अस्पताल सोब्रुले जनाएको छ । उदयपुर बस्दै आएकी ति युवती केहीदिन अघि मात्रै जिल्ला फर्किएकी थिईन् ।