नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

सांसद सुनुवारको आधा महिनाको पारिश्रमिक जिल्ला कमाण्ड पोष्टलाई

ओखलढुङ्गान्युज, बैशाख , २०७७ ओखलढुङ्गा संघिय प्रतिनिधीसभाका माननिय सांसद यज्ञराज सुनुवारले ओखलढुङ्गा जिल्ला कमाण्ड पोष्टलाई आफ्नो आधा महिना बराबरको पारिश्रमिक जिल्ला कमाण्ड पोष्टलाई उपलब्ध गराउनु भएको छ । आईतबार बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले सांसद सुनुवारलाई धन्यवाद ज्ञापन गरेको छ ।

विश्व कोरोना भाईरसको संक्रमणको आतंकले त्रसित भैरहेको बेला ओखलढुङ्गा जिल्लामा भाईरस संक्रमण हुन नदिनका लागि भैरहेको प्रयासका लागि सहयोग गरेको सांसद सुनुवारले बताउनुभएको छ । कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका सबै स्थानीय तहहरुले कोष खडा गरेका छन् । स्थानीय तहले बनाएको कोषबाट कोरोना भाईरस संक्रमणको रोकथामका लागि हुने विभिन्न शीर्षकमा खर्च गर्ने स्थानीय सरकारहरुको योजना रहेको छ ।

स्थानीय सरकारहरुले कोष निर्माण गरि उक्त कोषमा ईच्छुक व्यक्तिहरुसँग सहयोगका लागि आग्रह समेत गरेको छ । त्यसैक्रममा सिद्धिचरण नगरपालिकाले निर्माण गरेको कोषमा केही संस्था र व्यक्तिहरुले आर्थिक सहयोग समेत गरेका छन् ।

ओखलढुङ्गामा ल्याईएको आरडिटी परीक्षण किट्सको अभाव हुन थालेपछि आईतवार बसेको जिल्ला कमाण्ड पोष्टको अनलाईन बैठकले जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत प्रदेश सरकारसँग आरडिटी परीक्षण किट्सको माग समेत गरेको छ । यस अगाडी १ सय ४५ जनालाई लक्षित गरेर मगाईएको आरडिटी परीक्षण किट्स सकिएपनि पुन माग गरिएको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।