नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

मोलुङ र मानेभञ्ज्याङ्ग गाउँपालिकामा आरडीटि परीक्षण सुरु

ओखलढुङ्गान्युज, बैशाख , २०७७ ओखलढुङ्गा ओखलढुङ्गाका स्थानीय तहहरुमा कोरोना भाईरसको संभावित संक्रमितहरुको आरडीटि परीक्षण सुरुवात भएको छ । आईतवार देखी शोमबारसम्म सक्ने गरि शुक्रबारवाट ओखलढुङ्गाका आठओटै स्थानीय तहहरुमा आरडीटि परीक्षण सुरु भएको हो ।

बुधवार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाको ओखलढुङ्गा क्याम्पसको क्वारेन्टाईनमा रहेका २० जनाको आरडीटि परीक्षण गरिएको थियो । परीक्षणमा उनीहरु सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाईनमा बस्ने गरि पठाईएको छ । शुक्रबार ओखलढुङ्गाका मोलुङ गाउँपालिका र मानेभञ्ज्याङ्ग गाउँपालिकामा आरडीटि परीक्षण हुदैछ । जिल्लामा तिनओटा प्राबिधीक टोली बनाएर आरडीटि परीक्षण सुरुवात गरिएको जिल्ला कमाण्ड पोष्टका फोकल पर्सन एवम् जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

यो समाचार तयार पार्दै गर्दा मोलुङ गाउँपालिकामा १७ जनाको आरडीटि परीक्षण गरिदै छ । १७ जना मध्ये ९ जनाको परीक्षण सकिएको र उनीको रिपोर्ट नेगेटिभ आएको मोलुङ गाउँपालिका ५ प्राप्चा स्वास्थ्य चौकीका ईञ्चार्ज मित्रमेनु ढकालले जानकारी दिनुभयो । स्वास्थ्य चौकी ईञ्चार्ज ढकालका अनुसार अरु ८ जनाको आरडीटि परीक्षण गर्नेक्रम जारी रहेको छ ।

शुक्रबार नै मानेभञ्ज्याङ्ग गाउँपालिकामा पनि ५० जनाको आरडीटि परीक्षण गर्ने तयारी रहेको जिल्ला जनस्वास्थ्य प्रमुख तिवारीले वताउनुभयो । मानेभञ्ज्याङ्गमा परीक्षण गर्ने टोलीले शनिवार चिशंखुगढी गाउँपालिकामा आरडीटि परीक्षण गर्नेछ । मोलुङको टिमले खिजिदेम्बा गाउँपालिकामा गएर त्यहाँ पनि आरडीटि परीक्षण गर्नेछ । त्यस्तै लिखु गाउँपालिका, चम्पादेवी गाउँपालिका र सुनकोसी गाउँपालिकामा आरडीटि परीक्षणका लागि भने अर्कै टिम खटिएको पनि जिल्ला जनस्वास्थ्य प्रमुख तिवारीले जानकारी दिनुभयो ।

जिल्ला कमाण्ड पोष्टका अनुसार ओखलढुङ्गामा पहिलो चरणमा जिल्ला भर १ सय ४५ जनाको आरडीटि परीक्षण गर्ने तयारी रहेको छ । काठमाण्डौंवाट आएकाहरुको समेत आरडीटि परीक्षण गर्नुपर्ने स्थानीयहरुले माग गरिरहेको र पहिलो चरणमा जोखिम मानिएको विदेश र भारतवाट आएकाहरुको मात्रै आरडीटि परीक्षण गरिने जिल्ला कमाण्ड पोष्टले जनाएको छ । जिल्लाका आठ ओटै स्थानीय तहमा बैशाख ७ गते सम्म आरडीटि परीक्षण गरिसक्ने तयारी छ ।