नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

एसईई परीक्षा नजिकैको विद्यालयबाट गर्ने तयारी

ओखलढुङ्गान्युज, बैशाख ५, २०७७ । काठमाण्डौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईई सञ्चालन गर्ने तयारी थालेको छ । गत चैत ६ गते देखी सञ्चालन हुनेक्रममा रहेको एसईई परीक्षा विश्वभर फैलिएको कोरोना संक्रणको त्रासका कारण अनिश्चित रुपमा स्थगित गरिएको थियो ।

परीक्षा नियन्त्रण कार्यालयले एसईई परीक्षा सञ्चालन गर्ने तयारी गर्दै गर्दा परीक्षालाई परीक्षार्थीको नजिकैको विद्यालयबाट गर्ने तयारी गरेको छ । कोरोना भाईरसको संक्रमणको महामारी समान्य हुनासाथ परीक्षा सञ्चालन गर्ने तयारी परीक्षा नियन्त्रण कार्यालयले गरेको छ । चालु शैक्षिक सत्रलाई असर नपर्ने गरी नतिजा प्रकाशित गर्न एसईई परीक्षा नजिकैको विद्यालयमा सञ्चालन गर्ने तयारी गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षार्थीको घरबाट टाढा नभएको विद्यालयमा परीक्षा दिने बिषयमा छलफल भइरहेको र उक्त प्रयोजनका लागि आवश्यक पर्ने परीक्षा केन्द्रबारे जानकारी गराउन सम्बन्धित विद्यालयलाई परीक्षा बोर्डले आग्रह गरेको छ ।

परीक्षा बोर्डले बैशाख ५ गते  अर्थात आज सम्म परीक्षा नियन्त्रण कार्यालयको कक्षा १० को इमेल ठेगाना [email protected]  मा पठाउन आग्रह गरेको छ । कक्षा ११ र १२ सञ्चालन भएको विद्यालयको हकमा पनि यही नियम लागू हुने भन्दै बोर्डले विवरण तयार पारी राष्ट्रिय परीक्षा बोर्डमा ईमेल गर्न आग्रह गरेको छ ।