नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

कुन्तादेवीका स्थानीय युवाले गरे वडामा यातायात प्रबेश निषेध

ओखलढुङ्गान्युज, चैत १८ कुन्तादेवी ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका १ कुन्तादेवीका स्थानीय युवाहरुले कुन्तादेवीमा दुईपांग्रे, चारपांग्रे सवारी साधन प्रबेशमा रोक लगाएका छन् । कुन्तादेवीमा सवारीको चाप भएपछि कोरोना भाईरसको संक्रमण हुन सक्ने आशंका बढ्दै गएको भन्दै स्थानीय युवाहरुको पहलमा सवारी साधन प्रबेशमा रोक लगाईएको हो ।

नेपाल सरकारले एकहप्ता अगाडी देखी जारी गरेको लकडाउनलाई ओखलढुङ्गामा पनि जिल्ला प्रशासन कार्यालयले निरन्तरता दिएको छ । लकडाउन जारी रहेको अवस्थामा प्रहरीको चेक जाँचलाई छल्दै सवारी साधनहरुले कुन्तादेवीको बाटो प्रयोग गरि यात्रु ओसारेर आधारातमा समेत यात्रुहरुलाई बिचल्ली पारेकोले वडामा सवारी साधन प्रबेशलाई निषेध गरिएको स्थानीय युवा अर्जुन गिरीले बताए ।

गिरीका अनुसार ओखलढुङ्गा रामपुर सडक खण्डको कुन्तादेवीमा रहेको जिरो पोईन्टमा गेट निर्माण गरि कुन्तादेवी हुदै सुनकोशी १० कटुञ्जे 

तर्फ जाने सवारी साधनलाई प्रबेश निषेध गरिएको हो । गेट निर्माण गरेपनि ईमर्जेन्सी सवारीको आवागमन र पास लिएका सवारी साधनको आवागमनलाई भने अबरोध गरिने छैन । गेट निर्माण गरि युवाहरुले गेटमा सूचना समेत टाँस गरेका छन् ।

युवाहरुले निर्माण गरेको गेट र सवारीको प्रबेश निषेधलाई ईलाका प्रहरी कार्यालय रामपुर र मोलुङ गाउँपालिकाले समेत समर्थन गरेको छ । लकडाउनको आदेशलाई केही सवारी साधनले आँखा छल्दै वाहिरी जिल्लाबाट आउने यात्रुहरुलाई लयाएर विचल्ली बनाएको युवाहरुको आरोप छ । बाहिरबाट गाउँमा भित्रने यात्रुहरुमा कोरोना भाईरसको संक्रमण समेत हुन सक्ने भन्दै त्यसलाई रोक्न सहयोग पुर्याउने उद्धेश्यले गेट निर्माण गरि सवारी साधन प्रबेशमा रोक लगाईएको युवाहरुले बताएका छन् ।