नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

वडा अध्यक्ष कमलले वाडे व्यक्तिगत खर्चमा हातधुने साबुन

ओखलढुङ्गान्युज, चैत १८ खिजिफलाटे । ओखलढुङ्गा जिल्लाका एकजना वडा अध्यक्षले आफ्नै खर्चमा वडाका नागकिहरुलाई हातधुने साबुन बाडेका छन् । ओखलढुङ्गा जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा नं. ४ खिजीकातीका वडा अध्यक्षले कमलप्रसाद न्यौपानले वडाबासीलाई हातधुने साबुन वितरण गर्नुभएको हो ।

विश्वमा महामारीको रुप लिएर हाल कोरोना भाइरस (कोभिड १९) को जोखिम बढ्दै गएको छ । उक्त जोखिमलाई बढ्न नदिन गाउँमा सचेतना र सरसफाईको सन्देश दिन आफुले साबुन बाडेको वडा अध्यक्ष न्यौपानेले बताउनुभयो । वडा अध्यक्ष न्यौपानेले आफ्नै व्यक्तिगत २५ हजार रुपैंया बराबरको साबुन खरिद गरेर गाउँका ४५० घर परिवारलाई बाँड्नु भएको छ ।

सरसफाईमा ध्यान दिन र स्वस्थ जीवन जिउन आफ्नो क्षेत्रका नागरिकलाई पहिलो चरणमा साबुन सहित सन्देश दिएको वडा अध्यक्ष न्यौपानले बताउनुभयो । खिजीकातीका घरघरमा स्वास्थ्यकर्मी, वडाका जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयं सेविकाहरु मार्फत हातधुने तरिका सिकाउँदै वडा अध्यक्षले उपलब्ध गराएको साबुन वितरण गरिएको छ ।

वडा अध्यक्षको अभियानमा साथ दिँदै स्थानीय युवा देबकृष्ण खड्काले वडाबासीलाई कपडा धुने साबुन उपलब्ध गराउनु भएको छ । पुनःनिर्माण प्राधिकरण अन्तरगत खिजीकातीमा कार्यरत खड्काले १० हजार रकम बराबरको कपडाधुने साबुन किनेर वडा अध्यक्ष मार्फत गाउँमा वितरण गर्नुभएको हो ।

अरु स्थानीय तहमा झैं खिजीकातीमा कोरोनाको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाईएको छ । वडामा हेल्थ डेक्स सञ्चालन गरेर नियमित स्वास्थ्य परिक्षणको काम भईरहेको छ । विदेशबाट आएका र कोरोनाको शंका लागेकाहरुलाई राख्न क्वारेन्टाइन समेत निर्माण गरिएको छ । गाउँपालिकाको निर्देशन तथा समन्वयमा गाउँपालिकाका सबै वडामा प्रत्येक वडाको ७ बेडका दरले क्वारेन्टाईन निर्माण गरिदैछ ।