नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

चैत २५ सम्म इन्टरनेट र डाटा प्याकको शुल्कमा २५ प्रतिशत छुट

ओखलढुङ्गान्युज, चैत १७ काठमण्डौं लकडाउनको अबधिभरका लागि इन्टरनेट र डाटा प्याकको शुल्कमा २५ प्रतिशत छुट दिने मन्त्रिपरिषदले निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन अबधिभरका लागि यस्तो निर्णय गरेको हो ।

आईतवार मन्त्रिपरिषदको बैठक बसी भएका निर्णय निजी इन्टरनेट सेवा प्रदायक कम्पनीको हकमा पनि लागू हुनेछ । त्यस्तै फागुन र चैत महिनाको विद्युत्, खानेपानी, दूरसञ्चार र इन्टरनेटको शुल्क वैशाख मसान्तसम्म तिर्दा जरिवाना नलिने समेत निर्णय गरेको अर्थमन्त्री एवम् नेपाल सरकारका प्रबक्ता युवराज खतिवडाले जानकारी दिनुभएको छ ।

त्यस्तैगरि मासिक १५० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकलाई फागुन र चैत महिनाभरको विद्युत महशुलमा २५ प्रतिशत छुट दिने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिनुभयो । कोरोना भाईरसको संक्रमणको आशंकामा सतर्कता स्वरुप लकडाउन गरेको सरकारले आइृतवार नागरिक लक्षित महत्वपूर्ण निर्णयहरु गरेको हो ।