नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

कोरोना सम्बन्धि सबै सूचना, जानकारी मोबाईल एप्सवाट

ओखलढुङ्गान्युज, चैत १७ काठमाण्डौं विश्वमा महामारीको रुपमा फैलदै गएको कोरोना भाईरसको बारेमा एकिकृत सूचना उपलब्ध गराउने उद्धेश्यले आईतवारवाट एउटा मोवाईल एप्सको सार्बजनिक भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्नका लागि वेबसाइट covid19.mohp.gov.np र हाम्रो स्वास्थ्य मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

मन्त्रालयले मोबाईल एपसँगै कोभिड १९ को सूचना प्राप्त गर्न अझै सहज होस भन्ने उद्देश्यले सबैको पहुँचका लागि भाइबर कम्युनिटी समेत प्रयोगमा ल्याएको छ । उक्त वेबसाइट र एपको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आईतबार शुभारम्भ गर्नुभएको छ ।

एपको शुभारम्भसँगै मन्त्री ढकालले कोरोना भाइरसबिरुद्ध लड्नका लागि उपलब्ध स्वास्थ्य सेवाहरुको अवस्था र बिवरणका साथै कोरोनाबारे एकीकृत रूपमा सही जानकारी तथा सूचना उपलब्ध गराउन यस्तो व्यस्था मिलाइएको बताउनुभयो । मन्त्री ढकालले कोरोना विरूद्ध सरकारले उच्च सतर्कताका साथै काम गरिरहेकोले नआत्तिन अनुरोध गर्नुभयो । नयाँ वेबसाइट, मोबाइल एप र भाइबर कम्युनिटीको उपयोग गरेर लाभ लिने र यसले कोरानो संक्रमितलाई सम्पर्क गर्न समेत सहज हुने विश्वास लिईएको छ ।

यो सूचना प्रणालीले बिशेषत नेपालमा कोरोना (कोभिड-१९) को वर्तमान अवस्था, दैनिक भएका परिक्षण, त्यसबाट प्राप्त नतिजा, यसबाट बच्न अपनाउनु पर्ने सावधानी, मन्त्रालयको अधिकारिक धारणा तथा प्रेस वक्तव्य, मन्त्रालयको सामाजिक संजाल एकै ठाउँमा उपलब्ध गराएको छ । यो एप मार्फत नेपालको नक्शामा आफ्नो नजिकै रहेको क्वारेन्टाइन केन्द्र, आइसोलेसन केन्द्र, सरकारले निर्धारण गरेका हब अस्पताल आदि रहेका छन् ।

यो संगै, मन्त्रालयले जारि गरेको मोबाइल एप्समा प्रयोगकर्ताले कोरोना संक्रमणको जोखिम मुल्यांकन गर्न आफ्नो स्वास्थ्यको “सेल्फ एसेस्मेन्ट” टेस्ट पनि संचालनमा ल्याएको छ । एप्सको “सेल्फ एसेस्मेन्ट” मार्फत् बुझाइएका विवरण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्राविधिक टोलीले नियमित अध्ययन तथा अनुगमन गर्न सक्छ । जसले बाक्लो बस्ति र अव्यवस्थित सहरीकरण रहेका स्थानमा कोरोना संक्रमणको अवस्था र त्यससंग जुध्न अपनाउनुपर्ने रणनीति सरकार तथा नियामक निकायलाई तुरुन्तै बनाउन सहयोग पुग्नेछ ।

हाल विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तत्काल जानकारी सहित सम्पूर्ण सूचनाहरु आम नागरिकहरु माझ सहझ रुपले पुर्याउने उद्देश्यका साथ यो एपको निर्माण गरिएके हो । मन्त्रालयले प्रोगेशिभ इन्जिनियरिङ एशोसियसन नेपाल, नक्सा, सोच नेपाल, कोड फर कोर इनोभेस र आइटी म्याप्ससँग समन्वय गरेर वेब एप्लिकेशन तयार पारेको हो ।

तत्कालका लागि https://covid19.mohp.gov.np बाट मोबाइलमा एप्स डाउनलोड गरी हेर्न सकिनेछ । covid19.mohp.gov.np मा गएर भाइबर कम्युनिटीमामा समेत जोडिन सकिन्छ ।