नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

एक महिनाको शुल्क नलिन निजी स्कुललाई सरकारको निर्देशन

ओखलढुङ्गान्युज, चैत १७ काठमाण्डौं नेपाल सरकारको मन्त्रि परिषदको निर्णयले एक महिनाको शुल्क नलिन निजी स्कुलहरुलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले आइतबार बसेको बैठक पश्चात  घोषणा गरेको राहत प्याकेजमा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु सबै प्रकारका शुल्कमा छुट दिनुपर्ने निर्णय गरेको हो ।

सरकारको मन्त्रिपरिषदको बैठकले आईतवार कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज सार्वजनिक गरेको थियो । सोहि प्याकेज अन्तर्गत निजी शैक्षिक संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो ।

आईतवार बसेको नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले यो निर्णय सगै कोरोनाको संभावित संक्रमणवाट  जोगिन सरकारको तर्फवाट गरेको लकडाउनको प्रभावितहरुलाई अरु थुप्रै राहतको प्योकज समेत घोषणा गरेको छ । माध्यमिक तहसम्म सञ्चालन भएका देशका सबे निजी स्कुलहरुले एक महिनाको शुल्कमा आवास बाहेक अरु छुट दिनुपर्नेछ।