नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ओखलढुङ्गामा ८ बेडको आईसोलेसन र १ सय  ६६ बेडको क्वारेन्टाइन तयार

विएन श्रेष्ठ, चैत १५ ओखलढुङ्गा । ओखलढुङ्गाको सदरमुकाम सहित स्थानीय तहहरुमा १ सय बेडको क्वारेन्टाईन कक्ष निर्माण भएको छ । कोभिड १९ (कोरोना) को संक्रमण हुनसक्ने आशंका गरिएका व्यक्तिहरुलाई व्यबस्थित गरेर राख्न १ सय बेडको क्वारेन्टाइन र ८ बेडको आईसोलेसन कक्ष तयार भएको हो ।

संभावित कारोना भाईरसको संक्रमलाई लक्षित गरि जिल्ला सदरमुकाम रहेको सिद्धिचरण नगरपालिकामा २९ बेडको क्वारेन्टाइन तयार गरिएको छ भने ८ बेडको आईसोलेसन कक्ष तयार भएको छ । जिल्ला सदरमुकाममा रहेको ओखलढुङ्गा क्याम्पसमा २५ र जिल्ला अस्पताल रुम्जाटारमा ४ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ ।

त्यसैगरि लिखु गाउँपालिकाले ८ बेडको, खिजिदेम्बा गाउँपालिकाले २० बेडको, चम्पादेवी गाउँपालिकाले ३० बेडको, सुनकोसीले ५४ बेडको र मोलुङ गाउँपालिकाले १५ बेडको चिशंखुगढी गाउँपालिकाले १० बेडको क्वारेन्टाई कक्षको निर्माण गरेको छ । त्यसैगरि खिजिदेम्बाले २० बेडको निर्माण गरिसकेको छ भने बाकी ३२ बेड थप गर्नको लागि तयारी गरिरहेको छ भने लिखु गाउँपालिकाले थप १५ बेडको लागि तयारी गरिरहेको छ ।

संभावित कोरोना संक्रमितहरुलाई राख्ने गरि क्वारेन्टाईन कक्षको निर्माण गरि क्वारेन्टाइनमा बेड तथा आवश्यक कपडा तयार गरिएको भएपनि अन्य सुरक्षाका उपकरण मास्क, व्यक्तिगत सुरक्षा सामग्री पिपिई डिस्इन्फेक्सन स्प्रे लगायत सामाग्री अभाव रहेको स्थानीय तहहरुले बताएका छन्  । अस्पताल बाहेक तयार पारिएका सबै क्वारेन्टाइन कक्ष सामुदायीक विद्यालयहरुलाई प्रयोग गरिएको छ ।

जिल्लाका दुई अस्पताल जिल्ला अस्पताल रुम्जाटारमा २ बेडको र सामुदायीक अस्पताल सोब्रुमा ६ बेड गरि ८ बेडको आइसोलेसन तयार गरिएको छ । जिल्लामा निर्माण भएका क्वारेन्टाइनहरु मध्ये शनिवार सम्म रुम्जाटार अस्पतालमा १ र मोलुङ गाउँपालिकाको रामपुरमा ३ गरि जम्मा ४ जना बैदेशिक रोजगारवाट फर्किएकालाई राखिएको छ ।

जिल्ला भर क्वारेन्टाईन कक्ष निर्माण भएपनि सामाग्रीको अभावका बारेमा भने सरकार सगै आवश्यक सामाग्रही नहुदा उपलब्ध गराउन नसकिएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिनुभयो । आफ्नो स्थानीय तहलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरुको लागी स्थानीय तह आफैले समेत पहल गरिरहेका छन् । जिल्लकाअन्य स्थानीय तहहरुमा क्वारेन्टाइन निर्माणको कार्य पनि भैरहेको छ ।