नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

नेपालगञ्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटना 

ओखलढुङ्गान्युज, चैत १५ काठमाण्डौं । नेपाल एयरलायन्सको विमान दुर्घटनामा परेको छ । नेपालगञ्जका लागि काठमाण्डौंवाट गएको वाई १२ ट्विनटर विमान नेपालगञ्जमा विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको हो ।

नेपालगञ्जको क्वारेन्टाईन र अस्पतालमा रहेको कोभिड १९ (कोरोना) भाईरसको संक्रमणको आशंका गरिएका व्यक्तिहरुको स्याम्पल लिन प्लेन नेपालगञ्ज गएको थियो । दुर्घटनामा परेको उक्त विमान नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

विमानस्थलमा अवतरणको क्रममा ठुलो वेगका साथ आईरहेको हावाहुरीका कारण धावनमार्गवाट चिप्लीएर दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जले जनाएको छ । दुर्घटनामा परेको विमानमा चालक दलका ३ जना २ जना डाक्टर सहित तिनजना सवार रहेका थिए । उनीहरु ५ जना नै सकुशल रहेको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जले जनाएको छ । दुर्घटनाको बारेमा विस्तृत विवरण भने आउन बाकी रहेको छ ।