नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

बुधबार रातिदेखि नेपाल टेलिकमले रिचार्ज गरे बराबरको बोनस दिने

ओखलढुङ्गान्युज, चैत १२ काठमाण्डौ । बुधवार राति देखी नेपाल टेलिकमले आफ्ना ग्राहकलाई बोनस उपलब्ध गराउने भएको छ । नेपाल टेलिकमका ग्राहकहरुले गरेको रिचार्ज बराबरकै बोनस बुधबार रातिदेखि उपलब्ध गराउन सुरु गर्ने भएको हो ।

यो सुबिधा नेपाल टलिकमले बुधबार दिउँसोबाट नै सुरू गर्ने भनिएको भएपनि प्राविधिक समस्याका कारण बेलुकाबाट मात्र सुरू गरिने नेपाल टेलिकमले जनाएको छ । यो सुविधाअन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्डमा रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन् ।

मंगलबार मात्रै कोरोना भाईरसको संक्रमण हुनवाट बच्नका लागि देश व्यापी रुपमा लकडाउन गरेको छ । लकडाउन गरेको समयमा बजारमा पसलहरु बन्द हुने र नागरिकहरु समेत घरवाट बाहिर निस्कन समस्या हुने भएकोले रिचार्ज बराबर कै बोनस उपलब्ध गराउन र क्रेडिटको मात्रा बढाउन सबै दुरसञ्चारहरुलाई सरकारले अनुरोध गरेको थियो ।

सरकारको उक्त अनुरोधलाई कार्यान्वयन गर्दै नेपाल टेलिकमले बुधबार राती देखी आफ्ना सेवाग्राहीहरुलाई यस्तो सुबिधा दिन लागेको हो । एनसेलले भने आफ्ना ग्राहकहरुका लागि यसअघि दिदै आएको ४० रुपैैयको सापटीलाई बढाएर ८० रुपैया बनाएको छ । एनसेलले सेवा शुल्क भने उही पुरानै मात्र लिने पनि जनाएको छ ।