नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

विश्वको १८० देशमा कोरोनाको संक्रमण, मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो

ओखलढुङ्गान्युज, चैत १० विदेश । विश्वभर आतंक मच्चाई रहेको कोरोनाको संक्रमण विश्वका १ सय ८० देशमा पुगेको छ । विश्वका देशहरुमा कोरोना भाइृरस वढ्दै गर्दा यसवाट संक्रमित हुनेको संख्या र मृत्यु हुनेको संख्यामा पनि बृद्धि भएको छ । पछिल्लो तथ्यांक अनुसार विश्वका १ सय ८० भन्दा बढी देशको विभिन्न क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ। संक्रमितको संख्या ३ लाख ३६ हजार ७५ पुगेको छ ।

कोरोना भाईरसका कारण सबैभन्दा बढि ईटलीमा क्षति पुर्याएको छ । कोरोना भाईरसका कारण इटलीमा हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ । कोरोना भाइरसका कारण विश्वभर आईतवार एकै दिन १ हजार ६ सय जनाको मृत्यु भएको छ।  आईतवार सबैभन्दा बढी इटलीमा ६ सय ५१ जनाको मृत्यु भएको छ । त्यस्तै स्पेनमा ३ सय ७५, अमेरिकामा १ सय १४, इरानमा १ सय २९ तथा फ्रान्समा १ सय १२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बेलायतमा ४८ र नेदरल्याण्डस्मा ४३ जनाको आईतबार मृत्यु भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मानिसहरुको मृत्यु हुनेदरमा बृद्धि भैरहेको छ ।  इटलीमा हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ भने स्पेनमा मृत्यु हुनेको संख्या १ हजार ७ सय ५६ पुगेको छ ।  त्यस्तै इरानमा मृत्यु हुनेको संख्या १ हजार ६ सय ८५ पुगेको छ ।  विश्वमा कोरोनावाट संक्रमितको संख्या ३ लाख ३६ हजार ७५ पुगेको छ भने झण्डै एक लाख मानिस उपचारपछि निको भएका छन् ।