नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ओखलढुङ्गामा यस वर्ष दुई हजार सात सय विद्यार्थीले एसईई दिने

ओखलढुङ्गान्युज, चैत ५ ओखलढुङ्गा । ओखलढुङ्गामा यस वर्ष झण्डै तिनहजार विद्यार्थी एसईई परिक्षामा सहभागी हुने भएका छन् । शैक्षिक सत्र २०७६ मा ओखलढुङ्गाका विभिन्न ७१ ओटा माद्यमिक विद्यालयवाट २ हजार ६ सय ९६ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका हुन । जस अन्तर्गत नियमित तर्फ २ हजार ६ सय ४२  र ग्रेडवृद्धि तर्फ ५४ जना रहेका छन् ।

ओखलढुङ्गामा यस वर्ष माध्यमिक शिक्षा परिक्षा एसईई परीक्षाको लागि १६ वटा परिक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुङ्गाका प्रमुख भिम प्रसाद मिश्रले जानकारी दिनुभयो । संसारभर आतंक फैलाई रहेको कोभिड १९ (कोरोना) भाईरसका कारण परीक्षा पछाडी सर्ने हल्ला आईरहेको भएपनि मंगलवार शिक्षा तथा खेलकुद मन्त्रालयले एक विज्ञप्ती जारी गरी परीक्षा नसर्ने जनाएको छ । विज्ञप्ती मार्फत देशका ७ सय ५३ ओटै स्थानीय तहहरुलाई समन्वय गरी परीक्षा सञ्चालन हुने केन्द्रमा अस्थाई स्वास्थ्य हेल्प डेस्क राख्न समेत अनुरोध गरेको छ ।

विज्ञप्ती मार्फत मन्त्रालयले परीक्षमासहभागी हुने विद्यार्थीहरु धेरै जनाको समूह गरि नहिड्न, बाहिर कतै निस्केर घर आउनासाथ साबुन पानीले राम्ररी हात धुन तथा मास्कको प्रयोग गर्न समेत अनुरोध गरेको छ । मन्त्रालयको निर्देशन अनुसार नै ओखलढुङ्गा पनि परीक्षा सञ्चालन गर्नका लागि परीक्षा सञ्चालन हुने सबै १६ ओटा केन्द्रमा नै अस्थाई स्वास्थ्य हेल्पडेस्क राख्ने गरि समन्वय भैरहेको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुङ्गाका प्रमुख मिश्रले जानकारी दिनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई ओखलढुङ्गाका प्रमुख मिश्रले अनुसार प्राविधिक धारको परिक्षा र ग्रेडवृद्धि तर्फको परिक्षा जिल्ला सदरमुकाममा रहेको सगरमाथा जनता माध्यमिक विद्यालयमा सञ्चालन हुनेछ । नियमित तर्फको परिक्षा भने तोकिएका केन्द्रहरुमा नै हुने ईकाई प्रमुख मिश्रले जानकारी दिनुभयो । चैत्र ६ गते विहिबार देखि देशभर सुरु हुने परिक्षाको ओखलढुङ्गामा पनि सबै तयारी सकिएकोे ईकाई प्रमुख मिश्रले जानकारी दिनुभयो । सबै परीक्षा केन्द्रहरुमा प्रश्नपत्र र उत्तर पुस्तिका पुगिसकेको, सुरक्षा व्यबस्था चुस्त बनाईएको तथा अस्थाई स्वास्थ्य सहायता केन्द्रको पनि तयारी पुरा भएको इकाई प्रमुख मिश्रले जानकारी दिनुभयो ।