नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

१८ औं संस्करण आहा रारा गोल्डकपको उपाधी मनाङलाई

ओखलढुङ्गान्युज, चैत २,काठमाडौं  । रारा गोल्डकपको १८ औं संस्करणको उपाधी मनाङ मस्र्याङ्दीले जितेको छ । शनिवार पोखरामा सम्पन्न प्रतिष्ठित मोफसलको नकआउट फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीले जितेको हो। शनिबार पोखरा रंगशालामा भएको फाइनलमा साविकको विजेता विभागिय टिम नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै मनाङ च्याम्पियन बन्नेको हो ।

१८ औं संस्करणको च्याम्पियन बनेसँगै मनाङले १० लाख १ हजार रुपैया हात पारेको छ भने दोस्रो भएको पुलिस क्लबले ५ लाख १ हजार रुपैया पाएको छ । शनिवारको जितसँगै मनाङ आहा रारा गोल्डकपमा छैटौं पटक च्याम्पियन बन्ने टिम बनेको छ । आहा राराको नामबाट ६ पटक च्याम्पियन बन्ने मनाङ एक्लो टिम हो । त्यस्तै पुलिस क्लबले पनि आहा रारा गोल्डकप ५ पटक जितिसकेको छ ।

फाईनल प्रतियोगिताको निर्धारित तथा अक्तिरिक्त समयमा दुवै टोलीबाट कुनैपनि गोल हुन सकेन । थपिएको अतिरिक्त समयमा समेत दुवै टिमवाट गोल नभएपछि पेनाल्टी सुटआउट मार्फत खेलको निर्णय भएको हो । पेनाल्टीमा मनाङका अन्जन विष्ट, पुजन उपरकोटी र सुरज विके र रन्जन विष्टले गोल गरे । मनाङका निशान लिम्बुको पेनाल्टी पुलिसका गोलरक्षक रोशन खड्काले विफल पारे ।

पुलिसका भोलानाथ सिलवाल, हेम तामाङ र बुद्ध बल तामाङले गोल गरे । पुलिसका तेज तामाङ र अजित भण्डारीले गोल गर्न सकेनन् । तेज  र अजितको प्रहार मनाङका गोलरक्षक अशोक बरालले रोके । दुबै टिमले गोलका राम्रा मौका चुकाउँदा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । फागुनको २२ बाट शुरु भएको प्रतियोगितामा १० टोलीले सहभागिता जनाएको थियो ।

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अधिकांश व्यक्तिगत अवार्ड प्रतियोगिताको च्याम्पियन बनेको मनाङका खोलडीले जितेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट र उच्च गोलकर्ता बाहेकका सबै व्यक्तिगत अवार्डमा मनाङले बर्चश्व जमाउन सफल भएको छ । प्रतियोगितामा उपविजेता नेपाल पुलिस क्लबका अजित भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट बनेसगै भण्डारीले अप्रिलाको स्कुटर जितेका छन् ।

प्रतियोगिताको उत्कृष्ट गोलकिपर मनाङका अशोक बराल, उत्कृष्ट डिफेन्डर मनाङका सुरज विके, मिडफिल्डर मनाङका नितिन थापा, उत्कृष्ट फरवार्ड मनाङका अञ्जन विष्ट र उत्कृष्ट प्रशिक्षकको व्यक्तिगत अवार्ड समेत मनाङ कै फुजा टोपे भएका छन् । विधागत रुपमा उत्कृष्ट भएकाहरुलाई जनही नगद १५–१५ हजार प्रदान गरिएको थियो ।