नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

माई भ्याली गोल्डकपको उपाधी मच्छिन्द्रको पोल्टामा

ओखलढुङ्गान्युज, फागुन २५, काठमाण्डौं । शनिवार सम्पन्न माईभ्याली गोल्डकप फुटवल प्रतियोगीताको उपाधी मच्छिन्द्र क्लबले आफ्नो पोल्टामा पारेको छ । शनिवार ईलाममा सम्पन्न भएको छैटौं संस्करणको माई भ्याली गोल्डकप फुटबलको उपाधि मच्छिन्द्र क्लबले जितेको हो । शनिबारको फाइनल प्रतियोगीतामा आयोजक माई भ्याली क्लबलाई १–० गोलले हराउँदै सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रले माई भ्याली गोल्डकपको उपाधि पनि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता समेत रहेको मच्छिन्द्रको जितमा विदेशी खेलाडी निया एन्डेसले गोल गरेका थिए । उनको एक गोल नै प्रतियोगीताको निर्णायक वन्न सफल भयो । वर्षाले बिथोलेको खेलको इन्जुरी समयमा एन्डेसले गोल गर्दै मच्छिन्द्रलाई उपाधि जिताएका हुन । उपाधिसँगै विजेता मच्छिन्द्रले आठ लाख रुपैयाँ नगद पुरस्कार पाएको छ भने उपविजेतामा सीमित बनेको आयोजक माई भ्यालीले पाँच लाखमा चित्त बुझाएको छ ।

छैटौं संस्करणको माई भ्याली गोल्डकप फुटबल प्रतियोगितामा माई भ्यालीका छिरिङ गुरुङ उत्कृष्ट डिफेन्डर बनेका छज् भने देव लिम्बू उत्कृष्ट गोलरक्षक बनेका छन् । त्यस्तै मच्छिन्द्रका योगेश गुरुङ मिडफिल्डर, निया एन्डेस उत्कृष्ट फरवार्ड र प्रवेश कटुवाल उत्कृष्ट प्रशिक्षक बनेका छज् । उत्कृष्ट सबैले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी आयोजक माई भ्यालीका शरण बस्नेत बनेका छज् । उनले नगद १ लाख १५ हजार प्राप्त गरे ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगपछि झापामा सताक्षी गोल्डकपकम कब्जा जमाएको मच्छिन्द्रले माई भ्यालीको सेमिफाइनलमा भारतको मानेभञ्जयाङ फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । आयोजक माई भ्यालीले भने विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराउँदै फाइनल यात्रा तय गरेको थियो ।