नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

चैत ५ गतेसम्म वार्षिक परीक्षा सक्न विद्यालयलाई निर्देशन

ओखलढुङ्गान्युज, फागुन २१ काठमाण्डौं । चालु शैक्षिक शत्र २०७६ को वार्षिक परीक्षा सबै विद्यालयहरुले आगामी चैत ५ गते सम्म सकिसक्नु पर्ने भएको छ । हाल अन्तराष्ट्रिय रुपमा देखा परेको कोरोना भाईरसको आतंकलाई लक्षित गर्दै मंगलवार शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयमा बसेको बैठकले देशभरका सबै विद्यालयमा चैत ५ गते सम्म सबै परीक्षा सक्न अनुरोध गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा बसेको बैठकले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सो मितिसम्ममा सक्नेगरी सम्बन्धित सबैलाई आह्वान गर्ने निर्णय गरेको हो । चीनको बुहान शहरवाट फैलिएको कोरोना भाईरसका कारण अहिले विश्व आक्रान्त छ । उक्त भाईरस अहिले विश्वभर फैलने क्रममा रहेकोले त्यसलाई मध्यनजर गर्दै परीक्षालाई चाडो सक्न अनुरोध गर्ने निर्णय गरेको हो । 

केहीदिन अगाडी मात्रै यसै समस्यालाई लक्षित गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई नेपाल सरकारले स्थगित गर्ने निर्णय गरेको थियो । त्यस्तै कोरोना भाईरस फैलिएको राष्ट्रवाट नेपाल आउने पर्यटकलाई समेत नेपाल प्रवेशको भिषा उपलब्ध नगराउन सर्बोच्च अदालतले समेत निर्देशन जारी गरेको थियो । नेपाल भ्रमण वर्षको अवसर पारेर देशभर आयोजना भैरहेका महोत्सवहरुमा समेत प्रत्यक्ष प्रभाव परेको छ भने ठुलाठुला मेला, सभा, समारोहहरु स्थगित भएका छन् । 

मंगलवारको बैठकले कोरोना भाइरस संक्रमणबाट सजगता अपनाउन सभा, समारोह, गोष्ठी, सेमिनार, वार्षिक उत्सव लगायतका भेला हुने प्रकृतिका कुनै पनि कार्यक्रमहरु विद्यालयले आयोजना नगर्न नगराउन तथा सहभागी नहुन समेत सूचित गर्ने निर्णय गरेको छ ।