नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

सेना दिवसको मैत्रीपुर्ण फुटवलको उपाधी राष्ट्रसेवक कर्मचारीलाई

ओखलढुंगान्युज, फागुन १० ओखलढुंगा । शुक्रवार ओखलढुंगामा सम्पन्न भएको ओखलढुंगा कप मैत्रीपुर्ण फुटवल प्रतियोगीताको उपाधी राष्ट्रसेवक कर्मचारीले हात पारेको छ । प्रजातन्त्र दिवस र सेना दिवस २०७६ को अवसर पारेर शुक्रबार मैत्रीपूर्ण फुटवल प्रतियोगिताको आयोजना गरिएको हो । जिल्ला सदरमुकाम स्थित स्थानिय खेल मैदानमा भएको प्रतियोगीतामा राष्ट्रसेवक कर्मचारीले जनप्रतिनिधि तथा जिल्लावासीको टिमलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

राष्ट्रसेवक कर्मचारीको टिमले खेलको पहिलो हाफमा जनप्रतिनिधी तथा जिल्लावासीको टिमको आत्मघाती गोलको मद्धतमा २–० गोल अन्तरले पछि पारेको थियो । त्यसपछि लगत्तै भएको दोस्रो हाफको अन्तिम खेलमा जनप्रतिनिधी तथा जिल्लावासीको तर्फवाट १ गोल भएपनि विजय भने हात लाग्न सकेन ।

प्रतियोगीताको पहिलो हाफको खेलमा राष्ट्रसेवक कर्मचारीले विपक्षी टिमलाई दवावमा राखेको थियो । दोस्रो हाफको खेलमा भने राष्ट्रसेवक कर्मचारीले जिल्लावासी टिमलाई दवावमा राख्न सकेन । दोश्रो हाफको प्रतियोगितामा दुवै तर्फवाट एक एक गोल भएपछि राष्ट्रसेवक कर्मचारीको टिम ३–१ गोल अन्तरले बिजयी भएको हो ।

मैत्रीपूर्ण फुटवल प्रतियोगिताका विजेता टिमलाई कार्यक्रममा प्रमुख अतिथि सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले सिल्ड, मेडल र प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै उपविजेतालाई भने ओखलढुंगा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणे आचार्यले मेडल तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । प्रतियोगीता ७० औ प्रजातन्त्र दिवश तथा नेपाली सेना दिवशको अवसर पारेर अरिदमण गण ओखलढुंगाले आयोजना गरेको हो । प्रजातन्त्र दिवसको अवसर पारेर विहिवार सामुदायीक अस्पताल सोब्रुमा गैर सरकारी संस्था महासंघको समन्वयमा फलफुल समेत वितरण गरिएको थियो ।