नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

लिखुमा दोश्रो राष्ट्रपति रनिङ शिल्ड सुरु

ओखलढुङ्गान्युज, फागुन ९ गाम्नाङ्गटार । लिखु गाउँपालिकामा विहिवारवाट विद्यालय स्तरिय दोश्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । लिखु गाउँपालिकाको दृष्टि, सुशासन मार्फत समृद्धि भन्ने मूल नाराका साथ लिखु गाउँपालिका गाम्नाङ्गटारको ग्रामोदय युगकवि सिद्धिचरण माविको खेल मैदानमा खेल सुरु भएको हो ।

विहिवारवाट सुरु भएको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शनिवार सम्म सञ्चालन हुनेछ । खेलकुद प्रतियोगितामा लिखु गाउँपालिकाका ९ ओटै वडाका माद्यमिक तहका विद्यालयका २ सयबढि विद्यार्थीहरुले सहभागिता जनाएको लिखु गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिनानाथ चौधरीले जानकारी दिनुभयो । तिन दिन सम्म हुने प्रतियोगितावाट दुई विधाका ४ खेल मार्फत २२ स्वर्ण, २२ रजत र २२ कास्य को निर्णय हुनेछ ।

आर्थिक वर्ष २०७६/०७७ मा ओखलढुङ्गामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गर्ने लिखु गाउँपालिका पहिलो भएको छ । ओखलढुङ्गामा रहेका अन्य सातओटै स्थानीय तहमा पनि चाडै राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालनका लागि तयारी भै रहेको जनाईएको छ ।