नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

रोल्पाकी मनिषालाई सामाजिक सञ्जाल ‘सहयोगी मन’को सहयोग

ओखलढुङ्गान्युज, फागुन ७ काठमाण्डौं । रोल्पाकी मनिषा मगर । उमेरले उनी भर्खरै २३ मात्र लागिन । उनी दुई सन्तानकी आमा । घर रोल्पा भएपनि अहिले दाङ जिल्लाको गोर्खा हस्पिटल प्रा. लि. मा औषधी उपचार गराई रहेकी । उपचार र अप्रेशन खर्च जुटाउन नसक्दा छटपटाई रहेकी छिन् । आफु मात्र हैन भर्खरकी सानी छोरीको पनि उपचार गर्नुपर्ने । 

यो समाचार सामाजिक सञ्जालमा आएपछि मगरलाई सामाजिक सञ्जालको सहयोगी मनहरुको टिमले आर्थिक सहयोग गरेको छ । केही दिन अगाडी आर्थिक समस्याका कारण मृगौला पिडित मनिषाको उपचारमा समस्या भएको समाचार बाहिर आएपछि सहयोगी मनले आर्थिक सहयोग गरेको हो । विभिन्न जिल्लामा रहेका तर सामाजिक सञ्जालमा एकै ठाँउमा जोडिएका समूहले मगरलाई अस्पतालमा नै गएर आर्थिक हस्तान्तरण गरेको हो ।

लामो समय देखी मृगौलाको रोगी मगर हाल दाङ जिल्लाको सदरमुकाममा रहेको गोर्खा हस्पिटल प्रा.लि.मा उपचार गराईरहेकी छिन् । मगरकी दुई सन्तान रहेका छन् । जेठो सन्तान ६ वर्षको लागि सक्यो । दोश्रो सन्तान छ महिनाको भयो । बालप्रेम सम्बन्ध पश्चात जोडिएको घरवार अहिले सम्बन्ध बिच्छेमा टुङ्गिएको छ । सानी छोरी गर्भमा नै ५ महिनाका हुँदा उनका श्रीमान्ले अर्की विहे गरेर हिडेका छन् ।

कान्छी लिएर हिडेका श्रीमान्ले नहेर्ने र माईती पक्षवाट पनि उपचारको खर्च धान्न नसकेपछि उनी सामाजिक सञ्जालको शरणमा आएकी थिईन् । मगरको दुवै बच्चा अस्पतालमा अप्रेशन पश्चात जन्मिएका हुन् । सानी बच्ची पनि अहिले निमोनियाका कारण अस्पतालमा नै उपचार गराईरहनु परेको छ भने आमाको मृगौला र पित्त थैलीको अप्रेशन गर्नुपर्ने । उनी सोही अस्पतालमा लामो समय देखी उपचार गराउदै अप्रेशनका लागि कुरीरहेकी छिन् ।

सामाजिक सञ्जाल फेशबुकमा रहेको सहयोगी मनहरुको टिमको पहलमा आर्थिक संलन अभियान सञ्चालन भएको थियो । टिममा भगवती थापा खनाल, मगर उपेन्द्र पुन, कलिको कृष्ण (सादानन्द अधिकारी), Pradhan Rojee, Magar Rajan, Aafanta Dks Khadka अधुरो जिन्दगी तिमी एक्लै र Andrew Raee रहेका छन् ।  टिमले देश तथा विदेशमा छरिएर रहनु भएका सहयोगी मनहरु मार्फत खाता नै सञ्चालन गरेर आर्थिक संकलन गरेको थियो । संकलन भएको रकम ७० हजार २ सय २६ रुपैया मनिषा बसेकै ठाँउमा पुगेर हस्तान्तरण गरेको हो ।

पैसा धेरै ठूलो रकम नभएपनि आफुहरुले सञ्चालन गरेको अभियानवाट संकलन भएको उक्त रकमले विरामीको एउटा अप्रेशनका लागि सम्म भएपनि सहयोगपुग्ने भएको आफुहरुले विरामीलाई अस्पतालमा नै भेटेर पैसा उपलब्ध गराएको टीमका सदस्य रोजी प्रधानले जानकारी दिनुभयो ।