नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

चीनमा कोरोना भाइरसवाट बच्न ब्रा र स्यानिटरी प्याडको समेत मास्क !

माघ १८ , एजेन्सी ।  कोरोना भाईरसले अहिले विश्वभर आतंक सृजना गरेको छ । कोरोना भाईरसले विश्वमा उत्पन्न गरेको अवस्थालाई मध्यनजर गर्दै केही दिन अगाडी सम्म बोल्ने बेला भएको छैन भन्दै रहेको विश्व स्वास्थ्य संगठनले समेत आपतकालीन अबस्था घोषणा गरेको छ । कोरोना भाइरसबाट विश्वभर अहिलेसम्म झण्डै २ हजार जना मानिस संक्रमित भइसकेको र २ सय ९० भन्दा बढिले ज्यान गुमाएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

कोरोना भाईरसको संक्रमण तीव्ररुपमा फैलिरहँदा अहिले चीनमा मास्कको माग ह्वात्तै बढेको छ । मास्कको माग चुलिएसँगै सरकारले आपूर्ति गर्न सकिरहेको छैन । मास्क पाउन छाडेपछि सर्वसाधरण चिनियाँ नागरिकले सुरक्षाको नयाँ नयाँ तरिका अपनाउन थालेका छन् । जुन तस्विरहरु अहिले समाजिक सञ्जालमा समेत भाईरल बन्दै गएको छ ।

चीनीया नागरिकहरु कोही ब्रालाई मास्क बनाएर लगाइरहेका छन् भने कोही स्यानिटरी प्याडलाई नै मास्क बनाएर लगाइरहेका छन् ।  अनुहार छोप्नका लागि चीनका सर्वसाधरण स्थानीय सामानदेखि अनेक विधि प्रयोग गरिरहेका छन् । सार्वजनिक भएको तस्विर अनुसार कसैले प्लास्टिकले पूरै शरिर छोपेका छन् त कसैले प्लास्टिकको बोत्तलले मुख छोपेका छन् ।  कोरोना भाइरस तीव्रगतिमा फैलिँदै गएपछि चीनमा सर्जिकल मास्को हाहाकार भएको छ । बजारमा पाइएका मास्कको मूल्य पनि अत्यन्तै महँगो भएको छ ।

चीनीया नागरिकहरुले आफ्नै शैलीमा आफुसग भएको श्रोत सामाग्रीलाई मास्कको रुपमा प्रयोग गरिरहेका हुन्। जसलाई जे विधि आउँछ, त्यही प्रयोग गरेर मास्क बनाएका फोटो भाइरल भइरहेका छन् । केही मानिसले ब्रालाई मास्क बनाएर लगाएका छन् त केहीले महिनावारी हुँदा लगाइने स्यानिटरी प्याडलाई नै मास्कका रुपमा प्रयोग गरेका छन् ।

कोरोना भाईरसको संक्रमण बढ्दै र्गपछि र  नयाँ नपाइएपछि मानिसहरुले सेकेन्ड ह्यान्ड मास्क पनि किनिरहेका छन् । नयाँ मास्क नमिलेपछि यस्तो विकल्प अपनाइएको हो । तर चीनको स्वास्थ्य सेवा विभागले भने सेकेन्ड ह्यान्ड मास्कको प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। अहिले चीनमा रहेको मास्कको अभावलाई कम गर्न कयौँ देशले मास्क आपूर्ति गरिरहेका छन् । अमेरिका, बेलायत, कोरियासमेत कयौँ देशबाट सर्जिकल मास्क चीनमा पठाइँदैछ । कोरोना भाईरसको संक्रमणको आतंक बढ्दै गरेपनि चीन सरकारले सबै विदेशी नागरिकको सुरक्षामा ध्यान दिने  बताउदै सबै विदेशी नागरिकको सुरक्षाका लागि आश्वस्त हुन अनुरोध गरेका छन् ।