नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

२१५ औं वार्षिकोत्सव फुटवलको उपाधी बन्दोबस्तीलाई

ओखलढुङ्गान्युज, माघ १५ ओखलढुङ्गा । गत एक हप्ता अगाडी देखी सञ्चालन भएको अरिदमन गणको आन्तरिक फुटवलको उपाधी बन्दोबस्ती गुल्मले जितेको छ । अहिले ओखलढुङ्गामा रहेको नेपाली सेनाको अरिदमन गणले आफ्नो स्थापना भएको वार्षिकोत्सबको अबसरमा फुटवल प्रतियोगिताको आयोजना गरेको हो ।

हाल ओखलढुङ्गामा रहेको अरिदमन गणले यही फागुन २ गते आफ्नो २ सय १५ औं वार्षिकोत्सव मनाउदै छ । वार्षिकोत्सवको अबसरमा अरिदमन गणले विभिन्न खेलकुद प्रतियोगिताको सञ्चालन गरिरहेको छ । वार्षिकोत्सव अन्तर्गत भलिवल, फुटवल, बास्केटवल, दौड, डोरी तान्ने लगायतका खेलकुद प्रतियोगिता सञ्चालन भैरहेको अरिदमन गण ओखलढुङ्गाले जनाएको छ ।

प्रतियोगितामा अरिदमन गणका मद्दती गुल्म, बन्दोवस्ती गुल्म सहित ६ गुल्मले सहभागीता जनाई रहेका छन् । प्रतियोगिता अन्तर्गत शोमबार सगरमाथा जनता माद्यमिक विद्यालय ओखलढुङ्गाको खेलमैदानमा भएको फुटवल प्रतियोगिताको फाईनलमा १–० ले क गुल्मलाई हराउदै वन्दोवस्ती गुल्म विजेता बनेको हो । विजेता टिमलाई वार्षिकोत्सवको अबसरमा शिल्ड तथा पुरस्कार प्रदान गरिने गणले जनाएको छ ।