नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

नेपाल भ्रमण वर्ष २०२० : भव्य समारोहका बीच औपचारिक शुभारम्भ गरिदै

ओखलढुङ्गान्युज, पौष १६, काठमाडौं । आजवाट नेपाल भ्रमण वर्ष २०२० को सुरुवात हुदैछ । आजदेखी सुरुवात हुने यस भ्रमण बर्षलाई सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको छ । भ्रमण वर्षको काठमाण्डौको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिनेछ ।

भ्रमण वर्षको नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गर्नुहुनेछ । औपचारिक शुभारम्भको अबसमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आज हुने भ्रमण वर्षको भव्य उद्घाटनको लागि व्यबस्थापनको सम्पूर्ण तयारी पूरा भएको भ्रमण वर्ष सचिवालयले जनाएको छ ।

मंगलबार भ्रमण वर्षको उद्घाटनस्थल रङ्गशालामा पूर्वाभ्यास समेत गरिएको थियो । उद्घाटन समारोहलाई विशेष बनाउन सबैखालको तयारी गरिएको सचिवालयले जनाएको छ । अपराह्न ४ बजेदेखि शुरु हुने औपचारिक कार्यक्रम पाँच घण्टासम्म चल्नेछ । सहभागी पाहुनाको स्वागत सेलिब्रेटीहरुबाट गरिने तयारी छ ।

भ्रमण वर्षको शुभारम्भको अबसरमा नेपालको संस्कृति झल्कने नाचगानबाट शुरू हुने कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रियगान बजाइने तयारी छ । राष्ट्रियगान सकिए लगत्तै बाजासहित रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ। कुटुम्ब ब्याण्डको साङ्गीतिक प्रस्तुतिमा विभिन्न सङ्घसंस्थाले परेड गर्नेछन् ।

कार्यक्रमवाटै भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गरिनेछ । भ्रमण वर्षको ‘यति मस्कट’को सार्वजनिकसँगै विभिन्न सांस्कृतिक कार्यक्रम गरिने भ्रमण वर्षको कार्यक्रम तालिका बनाइएको छ । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ