नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुङ्गामा पुननिर्माण सम्पन्न गरेका ३५ वडा सम्मानित

ओखलढुङ्गान्युज, पौष १५, ओखलढुङ्गा । राष्ट्रिय पूननिर्माण प्राधिकरण जिल्ला कार्यक्रम कार्यान्वयन ईकाई ओखलढुङ्गाले जिल्लाका ३५ वडालाई सम्मानित गरेको छ । भुकम्प गए पश्चात पूननिर्माणको कामका लागि प्राधिकरणको स्थापना भएको चार वर्ष पुगेको अवसरमा जिल्लाका ३५ वडालाई पुननिर्माण सम्पन्न वडा घोषणा गर्दै सम्मानित गरेको हो ।

ओखलढुङ्गा जिल्लाका ७५ ओटा वडाहरु मध्ये ३५ ओटा वडाहरुले पूननिर्माणको काम सम्पन्न गरेको प्राधिकरणको तथ्यांक छ । सोही तथ्यांकलाई आधार मानेर शनिवार एक कार्यक्रमको आयोजना गरि ति वडाहरुलाई पुननिर्माण सम्पन्न वडा घोषणा गर्दै सम्मानित गरेको हो । पुननिर्माण सम्पन्न भएका वडाहरुलाई संघिय प्रतिनिधी सभाका सांसद माननिय यज्ञराज सुनुवारले पुननिर्माण सम्पन्नताको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

जिल्लामा ब्यक्तिगत आवास तर्फ ९० प्रतिशत भन्दा माथी प्रगती हासील गरेका वडाहरुलाई सम्मान गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला अयोजना कार्यान्वयन इकाई, अनुदान ब्यवस्थापन तथा स्थानिय पुर्वाधार ओखलढुङ्गाका आयोजना प्रमुख युवराज खरेलले बताउनुभयो । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला अयोजना कार्यान्वय इकाईको सर्वेक्षणमा पूनः निर्माण तर्फ बढी प्रगती हासील गरेका वडाहरुलाई घोषणामा छनौट गरिएको हो ।

जिल्लामा सबैभन्दा चुनौतीपुर्ण मानिएको पुननिर्माणलाई वडापालिकाको समन्वयमा पुरा गरिएको छ । वडापालिकाले लाभग्राही छनोट देखी भुक्तानी नलिदासम्म सहजीकरण गरेको वडा अध्यक्षयहरु भनाईछ । वडा अध्यक्षहरुले निर्वाचन पश्चात गाउँको पुननिर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको र अझै प्रवलीकरण तथा छुटफुट भएका घरहरु बाकीँ रहेकाले त्यसलाई समेत चाडै सम्पन्न गर्ने सम्मानित वडा अध्यक्षहरुले प्रतिबद्धता जनाएका छन् ।

पुननिर्माण सम्पन्न गर्ने वडाहरुमा सिद्धिचरण नगरपालिकाको वडा नं. ६ जन्तरखानी, मानेभज्याङ गाउँपालिकाको वडा नं. २ वाक्सा, मोलुङको १ कुन्तादेवी, वडा नं. ५ प्राप्चा, वडा नं. ६ श्रीचौर र वडा नं. ७ पात्ले रहेका छन् । त्यस्तै लिखुको वडा नं.  ३ नर्मदेश्वर, वडा नं. ४ यसम, वडा नं. ५ यसम, वडा नं. ६ र ७ गाम्नाङ्गटार, वडा नं. ८ टारकेराबारी र वडा नं. ९ पोकली रहेका छन् । चिशंखुगढीको ४ र ५ नम्बर वडामा पनि पुननिर्माणको ९० प्रतिशत माथी काम सकिएको छ ।

त्यस्तैगरि सुनकोशीको वडा नं. २ बलखु, वडा नं. ३ र ४ सिस्नेरी, वडा नं. ८ च्यानम र वडा नं. ९ कटुञ्जे, त्यस्तै खिजिदेम्बाको वडा नं. २ रगनी, वडा नं. ४ खिजीकाती, वडा नं. ५ र ६ खिजीफलाटे, वडा नं. ७ रावादोलु, वडा नं. ८ भुसिंगा र वडा नं. ९ पात्ले रहेका छन् । त्यसैगरि चम्पादेवी गाउँपालिकाको वडा नं. १ पलापु, वडा नंं. ३ कालिका, वडा नं. ४ र ५ फेदिगुठ, वडा नं. ६ र ७ फुलवारी तथा वडा नं. ८ विलन्दु रहेका छन् ।

जिल्लाका कुल लाभग्राही मध्ये ब्यक्तिगत आवास तर्फका १८ हजार ५ सय ५८ जनाले तेस्रो किस्ता बापतको रकम लिइसकेका छन । भुकम्पपछि निमार्ण भएका सडक, बिद्यालय, पुल, एकिकृत बस्ती, बस्ती स्थानान्तरण, खानेपानी लगायतका संरचना समेतको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । तथापी विद्यालयको पूननिर्माणको गतिले भने सोचे अनुसारको तिब्रता पाउन सकेको छैन । ओखलढुङ्गामा हालसम्म पुननिमार्णका लागी प्राधिकरणले ५ अर्व ८२ करोड ३७ लाख ५० हजार रुपैया खर्चिएको कार्यालयले जनाएको छ ।