नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

आज सुर्य ग्रहण, नाङ्गो आँखाले नहेर्न सुझाब

ओखलढुङ्गान्युज, पौष १० ओखलढुङ्गा । आज बिहानबाट खण्डग्रास सूर्यग्रहण लागेको छ। काठमाडौंमा बिहीबार अर्थात बिहान ८ बजेर ४३ मिनेटमा, महेन्द्रनगरमा ८ बजेर ३८ मिनेट र भद्रपुर झापामा बिहान ८ बजेर ४८ मिनेटदेखि सूर्यग्रहण देख्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

बिहान १० बजेर १ मिनेटमा मध्य हुने ग्रहण ११ बजेर ३१ मिनेट जाँदा समाप्त हुनेछ। आजको खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंका, मलेशियालगायत एसियाका अधिकांश देश, हिन्द महासागर, पूर्वी युरोप, उत्तररपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रिका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ । ग्रहण लागेको समयमा खुल्ला वा चस्मा लगाएर पनि हेर्न हुँदैन ।

खण्डग्रास सूर्यग्रहण लाग्ने भएकोले यस्तो समयमा सुर्यको प्रकाशमा विभिन्न विकिरण निस्कने भन्दै सुर्यलाई प्रत्यक्ष नहेर्न वैज्ञानिकहरुले सचेत गराएका छन् । सुर्य ग्रहणको दिन सार्वजनिक बिदाको हल्ला चलेको भएपनि आज नेपाल सरकारले सार्वजनिक विदा भने दिएको छैन ।