नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

सांसद गुरुङले गरे तीस लाख पचास हजारको अक्षयकोष स्थापना

ओखलढुङ्गान्युज, मंसिर ओखलढुङ्गा । प्रदेश नं. १ ओखलढुङ्गा निर्वाचन क्षेत्र नं. क का सांसद अम्बिरबाबु गुरुङले रुम्जाटार माविमा अक्षय कोषको स्थापना गर्नु भएको छ । सांसद गुरुङले विद्यालयमा ३० लाख ५० हजारको अक्षयकोष स्थापना गर्नुभएको हो । प्रदेश सांसद गुरुङले आफ्ना पिता कर्णसिंह गुरुङको नाममा रुम्जाटार माविमा रुम्जाटारमा अध्यक्षकोष स्थापना गर्नुभएको हो ।

विद्यालयका पूर्व शिक्षक एवम् प्रधानाध्यापक समेत रहनु भएका स्वर्गीय पिता कर्णसिंह गुरुङ रुम्जाटार माविमा ३३ वर्षसम्म सेवा गर्नुभएको थियो । उनै पिताको सम्झनामा अक्षयकोष वापतको ३० लाख ५० हजारको चेक सांसद गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाराम गुरुङ र प्रधानाध्यापक गोकर्ण बहादुर बानीयाँलाई हस्तान्तरण गर्नुभएको छ । विद्यालयले आयोजना गरेको अविभाक दिवसको अवसर पारेर सांसद गुरुङले विद्यालयलाई चेक हस्तान्तरण गर्नुभएको थियो । ठुलो रकम सहितको अक्षयकोष स्थापना गरेपछि अभिभावकहरुले सांसद गुरुङलाई १५ किलोको फुलमाला लगाएर सम्मान गरेका थिए ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि आफुले व्यक्तिगत लगानीमा अक्षयकोष स्थापना गरेको सांसद गुरुङले बताउनुभयो । विद्यालयमा अतिरिक्त क्रियाकलापमा जोड दिँदै विशेषत खेलकुदमा पनि विद्यार्थीहरुलाई सहभागी गराएर सामुदायिक विद्यालय प्रति विद्यार्थी र अभिभावकको आकर्षण बढाउने लक्ष्यका साथ अक्षयकोष स्थापना गरेको सांसद गुरुङको भनाई छ । सांसद गुरुङले स्थापना गरेको अक्षयकोषको रकमको व्याज वापत प्राप्त हुने रकमले खेल प्रशिक्षकको व्यवस्था गरिने विद्यालय प्रशासनले जनाएको छ ।