नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

निर्मल श्रेष्ठको “विश्वास घात” देखी  चर्चा बटुल्दै “छैन मलाई डर”

ओखलढुङ्गान्युज, मंसिर २५, ओखलढुङ्गा । ओखलढुङ्गेली सर्जक निर्मल श्रेष्ठको “छैन मलाई डर” सार्बजनिक भएको छ । गीत सार्वजनिक भएसगै छैन मलाई डरले लाखौं दर्शक तथा श्रोताहरुको मन जित्न सफल भएको छ । गीत सार्वजनिक भए सगै गीतले चर्चा बटुल्न थालेको छ । गीत सार्वजनिक भएको एक हप्ता नवित्दै एक लाख भन्दा बढि दर्शकहरुले युट्युव मार्फत गीत हेरिसकेका छन् ।

केही दिन अगाडी युट्युब मार्फत सार्वजनिक भएको छैन मलाई डरमा सुमधुर स्वरका धनी अञ्जु पन्त र ओखलढुङ्गाका चर्चित गायक बाल कुमार श्रेष्ठले स्वर दिएका छन् । यस गितमा गायक बाल कुमार श्रेष्ठले नै संगीत भरेका छन् भने पछिल्लो समयमा चर्चित ओखलढुङ्गाका मोडल उमङ्ग श्रेष्ठ र सृष्टि खड्काले अभिनय गरेका छन् ।

सर्जक निर्मल श्रेष्ठको यस भन्दा अगाडी पनि विश्वास घात, भयो भेट ओखलढुङ्गामा तथा मायामा भर्ना खुल्या छ पनि बजारमा आईसकेको छ । गित सृजनामा निरन्तर लागि परेका श्रेष्ठ आफ्नो आत्म सन्तुष्टिको लागि मात्रै गित लेख्ने गरेको बताउछन् । श्रेष्ठको स्थाई ठेगाना ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं. ७ फुलवारी हो । लामो समय देखी सदरमुकाम रहदै आएका श्रेष्ठले सृजना गरेका गित मध्ये मायामा भर्ना खुलेको छ ले पनि दर्शक तथा श्रोताहरुको मन जित्न सफल भएको थियो ।

सर्जक निर्मल श्रेष्ठको “छैन मलाई डर” गीतलाई युट्युवमा गएर यहाँ सर्च गर्दा हेर्न र सुन्न सकिन्छ ।