नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

पैरवी सञ्जालको नेतृत्वमा श्रष्टापार्कमा सरसफाई

ओखलढुङ्गान्युज, मंशिर १४ ओखलढुङ्गा । ओखलढुङ्गा पैरवी सञ्जाल पैरवीमा मात्रै हैन, जिल्लाको महत्वपूर्ण स्थानहरुको सरसफाईमा समेत जुट्न थालेको छ । यस्ता कार्यक्रमहरुलाई पैरवी सञ्जालले अभियानको रुपमा सञ्चालन गर्न थालेको छ । जिल्लामा कृयाशिल पत्रकारहरुको नेतृत्वमा सुरु भएको अभियान अन्तर्गत आज (शनिवार) सिद्धिचरण नगरपालिका वडा नं. १२ मा अवस्थित श्रष्टा पार्कमा सरसफाई तथा रंगरोगन गर्ने कार्य सम्पन्न गरेको छ ।

ओखलढुङ्गा सदरमुकाम भ्रमण वा कामका लागि आउने नागरिक एवम् आन्तरिक तथा वाह्य पर्यटकहरु यहाँ पुग्ने गर्दछन् । तर यहाँ आईपुग्ने जो कोहीले पनि स्थानीय तथा जनप्रतिनिधी प्रति गुनासो गर्दै फर्कने गर्दछन् । करोडौंको लगानी भएर पनि त्यसको संरक्षण र सरसफाई नभएकोमा उनीहरुको गुनासो रहने गर्दछ । भिजिट नेपाल २०२० नजिकिदै गरेको अवस्थामा श्रष्टापार्कमा रहेको श्रष्टाहरुको सालिक रहेको स्थानको पूर्ण रुपमा निर्माण कार्य समेत सम्पन्न हुन सकेको छैन । फोहोर पनि त्यतिकै ।

निर्माण कार्य पनि नसकिएको र सरसफाई समेत नहुदा भ्रमणबाट फर्कनेहरुको गुनासो पाए पश्चात रिपोर्टिङको क्रममा त्यहा पुगेका पत्रकारहरुले स्वस्फुर्त रुपमा श्रष्टापार्कको सरसफाई कार्यको थालनी गरेका थिए । २–४ जनाले मात्रै सरसफाईको काम हुने नदेखिएपछि ओखलढुङ्गाका पत्रकारहरुको आग्रहमा जिल्ला पैरवी सञ्जाल मार्फत आज (शनिवार) सरसफाई तथा रंगरोगन कार्य सम्पन्न भएको हो । रंगरोगन कार्यका लागि संघिय प्रतिनिधी सभाका माननिय सांसद यज्ञराज सुनुवारले आवश्यक सामाग्रीको व्यबस्थापन गरिदिनुभएको हो ।

सरसफाई कार्यक्रम पश्चात आफुहरुको अगुवाईमा श्रष्टापार्कले सामान्य मात्रै भएपनि मुहार फेरेकोमा खुशी व्यक्त गर्दै कान्तिपुर दैनिकका उपसम्पादक एवम् ओखलढुङ्गा सम्बाददाता कुम्भराज राईले सहभागी सबैलाई धन्यवाद ब्यक्त गर्नुभयो । यस्ता सृजनशिल कार्यमा कम्तीमा हप्तामा एकपटक दुईघण्टा मात्रै भएपनि समय उपलब्ध गराउन सहभागीहरुलाई राईले आग्रह गर्नुभयो ।

यस्ता कार्यक्रमहरुले जिल्लाका मिडियाकर्मी, पत्रकार तथा जिल्लामा कृयाशिल नागरिक समाजका संस्थाहरुबिच सुमधुर सम्बन्ध कायम गर्न सहयोग गर्ने अन्नपूर्ण पोष्ट दैनिकका पत्रकार एवम् अभियान्ता शिव ढुंगानाले बताउनुभयो । श्रष्टापार्कको सरसफाई आफुहरुको सुरुवाती मात्रै भएको बताउदै पत्रकार ढुंगानाले भौतिक संरचना निर्माण गरेर त्यसै छाड्ने मात्रै नभई त्यसको उचित स्याहार र संरक्षण तर्फ समेत सम्बन्धितहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रम जिल्ला पैरवी सञ्जालको आयोजनामा कान्तिपुर दैनिकका उपसम्पादक राईको नेतृत्वमा सम्पन्न भएको हो । सरसफाई कार्यक्रममा ओखलढुङ्गा पैरवी सञ्जालका सदस्यहरु, पत्रकार तथा जिल्लामा कृयाशिल नागरिक समाजका संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

तस्वीरमा ः