नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

भिरवाट लडेर एक महिलाको ज्यान गयो

ओखलढुङ्गान्युज, मंशिर १२ ओखलढुङ्गा । ओखलढुङ्गामा बुधबार भिरवाट लडेर एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा चिशंखुगढी गाउँपालिका वडा नं. ८ जुकेपानी भन्ने स्थानका चतुर्भुज राईको श्रीमती वर्ष ४८ की अञ्जु राई रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिनुभयो ।

मृतक राई सिद्धिचरण नगरपालिका वडा नं. ५ बर्णालुमा आफन्तको घरमा आएर फर्किएकी थिईन् । रुम्जाटार हुदै राती घरतर्फ जाने क्रममा चिशंखुगढी गाउँपालिका वडा नं. ७ को धनमुडा भन्ने भिरवाट लडि बाटो बाट अन्दाजी २०–२५ मिटर तल मृत अबस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

बुधवार साझतिर आफन्तको बाट घर तर्फ लागेको तर विहिबार विहान सम्म पनि घर नपुगेपछि मृतक राईको परिवारले खोजी गरेका थिए । खोजी गर्दै जाने क्रममा उनलाई मृत अबस्थामा फेला पारि स्थानीयले नजिकको प्रहरी चौकी रुम्जाटार विमानस्थल सुरक्षागार्डको टोलीलाई खबर गरेका थिए । प्रहरीलाइ जानकारी हुनासाथ प्रहरीको टाली घटनास्थलमा पुगेको थियो ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक मिलन बस्नेतको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीको टोली घटनास्थल पुगेर लासको मुचुल्का उठाई पोष्ट मार्टमका लागि जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

पोष्ट मार्टम पश्चात लास परिवारको जिम्मा लगाईएको छ । मृतकको शरिरबाट मदिराको गन्ध आई रहेकोले बढि मदिरा सेवनका कारण भिरको बाटोवाट हिड्ने क्रममा राई लडेको हुन सक्ने स्थानीयले आशंका गरेको छन् । तथापी घटनाको बारेमा थप अनुसन्धान भने भै रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।