नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

मन्त्रिमण्डल पुनर्गठन ः को आए नयाँ अनुहार ?

ओखलढुङ्गान्युज, मंशिर ५ काठमाण्डौं ।  नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । बुधबार दिउसो नै मन्त्रिपरिषद पूनर्गठन गर्ने हल्ला चलेको भएपनि कार्य ब्यस्ताताका कारण मन्त्रिपरिषदको पूनर्गठन साँझ परेपछि मात्रै भएको हो । प्रधानमन्त्री ओलीले मंगलबार मन्त्रिपरिषदका सबै मन्त्रिहरुलाई बुधबार मन्त्रिपरिषद पुनर्गठन गर्ने भन्दै बुधबार कुनै पनि मन्त्रिहरुलाई कार्यक्रममा सहभागी नहुन निर्देशन दिनुभएको थियो ।

मन्त्रिपरिषदवाट अधिकांश मन्त्रिहरु बाहिरीने र नयाँ अनुहार धेरै आएने हल्ला भएपनि थोरै मात्र बाहिरीएका छन् । प्रधानमन्त्री ओलीले बुधबार साँझ केही मन्त्री पुरानै र केही नयाँ अनुहार भित्र्याएर मन्त्रिपरिषद् पुनर्गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नु भएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रिपरिषदमा नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नु भएको हो ।

पुनर्गठिन मन्त्रिमण्डलको नयाँ अनुहारमा हृदयश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको छ । नेकपाका प्रभावशाली एवम् बौद्धिक नेता मानिने घनश्याम भुसाललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने लेखराज भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै रामेश्वर राय यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ भने बसन्तकुमार नेम्बाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसैगरि निर्वाचनमा धेरै मतान्तरले विजयी हुनु भएका दोलखाका पार्वत गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी भने मोतिलाल दुगडलाई दिइएको छ । रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ भने नवराज रावतलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्रि ओलीले पुरानै अनुहारका केही मन्त्रिहरुलाई भने पुरानो मन्त्रालयको जिम्मेवारीमा हेरफेर गर्नुभएको छ । मन्त्रालय हेरफेर गर्नेक्रममा उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादवलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै यसअघि कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका भानुभक्त ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।