नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

कृषिमा चीनको सरप्राईज, दुई कठ्ठामा हजार केजी धान

ओखलढुङ्गान्युज, कात्तिक १८, एजेन्सी ।  कृषि उत्पादनमा चीनले नयाँ क्रान्ति गरेको छ । कृषिमा नयाँ क्रान्ति गर्दै चीनका वैज्ञानिक युआन लुङपिङ र उनको टोलीले तेस्रो पुस्ताको हाइब्रिड धानको विकास गरेका छन्। उक्त धानको सोमबारदेखि मंगलबारसम्म परीक्षण गरिएको थियो । बैज्ञानिक लुङपिङका अनुसार परीक्षणका क्रममा धानको सफल उत्पादन भएको छ।

चीनले आफ्नो हुनान प्रान्तको हेन्याङ्गस्थित हेङयुङ गाउँको जग्गामा उक्त प्रजातिको धान परीक्षण गरेको थियो । जी ३ एस र पी १९ कृषि प्रविधिमार्फत् धान उत्पादन गरिएको हो बैज्ञानीकहरुले बताएका छन् । उक्त धान ६ लाख ७६ हजार ७ सय ६७ वर्ग मिटर जग्गामा अर्थात दुई कट्ठा जमीनमा रोपिएको थियो । त्यस अनुसार दुई कट्ठा जग्गामा एक हजार ४६ दशमलव ३ किलोग्राम धान उत्पादन भएको छ ।

तेस्रो पुस्ताको हाइब्रिड धानको सबैभन्दा महत्त्वपूर्ण विशेषता भनेको यसको बढ्दो अवधि भएको चाइना नेशनल राइस रिसर्च इन्स्टिच्युटका उपनिर्देशक कियानले बताएका छन् । उपनिर्देशक कियानका अनुसार चीनमा पहिलेका हाइब्रिड धानको प्रजाति रोप्ने बेलादेखि १६० दिनदेखि देखि १८० दिनसम्ममा उत्पादन हुन्थ्यो । तर नयाँ विकास गरिएको हाईब्रिड धान १२५ दिनमा उत्पादन भइसक्छ ।

थोरै समयमा धान उत्पादन गर्न सक्ने भएकोले मल र कीटनाशक औषधिको प्रयोगमा कमी आउने अपेक्षा गरिएको छ । जसले गर्दा धानको उत्पादन क्षमतमा वृद्धि हुनुका साथै किसान माथिको आर्थिक भारसमेत घट्नेछ । विगतमा रोपिने अन्य धानका लागि पानी र बढी मलको आवश्यकता थियो । तर यो धान प्रविधिको सहयोग लिएर थोरै कृषिजन्य सामग्रीबाट किसानले सहजै उत्पादन गर्न सक्नेछन । कम मल,बिउ र पानीको प्रयोग गरी रोप्न सकिने यो धान छोटो समयमै अन्य धानभन्दा धेरै फल्ने भएकाले किसानहरुका लागि एकदमै लाभदायक मानिएको छ ।

चीनको धानको औसत उत्पादन प्रतिमिटर ५ सय किलोग्राम रहेको छ । किसानहरूले प्रतिमिटर ६ सय देखि ७ सय किलोग्राम धान उत्पादन गर्छन् । तर अनुसन्धानकर्ताहरुका अनुसार तेस्रो पुस्ताको यो हाइब्रिड धान प्रति दुई कट्ठा ८ सय केजीसम्म उत्पादन गर्न सकिन्छ । थोरै मल र पानीको प्रयोगबाट फलाउन सकिने भएकाले यो धानबाट किसानले राम्रो लाभ लिने अनुसन्धानकर्ता बताउँछन् । विश्वभरमध्ये चीनसँग करिब ९ प्रतिशत उर्बर भूमि छ। तर चीनले विश्वभरमा २० प्रतिशत धान फलाउँछ।