नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ग्यास सिलिण्डर पड्किँदा भारतमा १० जनाको मृत्यु

ओखलढुङ्गान्युज, असोज २८ । प्रवास । भारतमा शोमबार खाना पकाउने ग्याँसको सिलिण्डिर विष्फोटन हुदा १० जनाको ज्यान गएको छ ।

भारतको उत्तर प्रदेश मउमा सोमबार बिहान ग्यास सिलिण्डर पड्किँदा २ तले घर समेत भत्किएर १० जनाको ज्यान गएको हो । सिलिण्डर पड्किएको घटनामा परि अन्य १५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतको उत्तर प्रदेश मउमा पर्ने मोहम्दाबादको बदलीपुर गाउँमा सिलिण्डर पड्किएको हो । सिलिण्डर पड्किएर घर भत्किँदा अझै केही व्यक्ति घरमा पुरिएको आशंका गरिएको छ ।

खाना पकाउनका लागि प्रयोग गरिने उक्त ग्यास सिलिण्डर के कारणले पड्किएको भन्ने बारेमा विस्तृत जानकारी भने प्राप्त भइसकेको छैन । उक्त घटनाकाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका  छन् ।