नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

संबिधान दिवसको अबसरमा ओखलढुङ्गामा सडक मर्मत

ओखलढुङ्गान्युज, असोज ६ ओखलढुङ्गा । संबिधान दिवस २०७६ को अबसरमा आज ओखलढुङ्गामा श्रमदानमा सडक मर्मत भएको छ । संबिधान दिवस २०७६ मूल समारोह समिति ओखलढुङ्गाको आयोजनामा आज सडक मर्मत कार्य गरिएको हो । जिल्ला सदरमुकाम स्थित जिल्ला समन्वय समितिको गेट अगाडीको सडकको विग्रिएको दुईओटा मोडको तिन स्थानमा सडकमा ढुङ्गाको ग्राभेल गरि सडक मर्मत गरिएको हो ।

जिल्ला सदरमुकाम बाट उक्त सडक हुदै जिल्लाको सुनकोशी गाउँपालिका र चम्पदेवी गाउँपालिका तर्फ दैनिक दर्जनौको संख्यामा साना तथा ठूला यातायातका सवारी साधनहरु आवत जावत गर्ने गर्दछ । सडकको मोडमा खाल्टो हुदा यातायात तथा  सवारी साधनहरुको आवतजावतमा त समस्या थियो नै । पैदल यात्रुहरुलाई समेत जिल्ला समन्वय समिति, पूननिर्माण प्राधिकरणको कार्यालय, बन डिभिजन कार्यालय , रेडक्रस, आखाँ अस्पतालमा आवत जावत गर्न असहज भएको थियो ।

जिल्ला सदरमुकामको मुख्य केन्द्र जिल्ला समन्वय समितिको कार्यालय अगाडी नै सडकको बेहाल अवस्थाका कारण आवत जावत गर्न समस्या भएको भन्दै नागरिकहरुले गुनासो गरिरहेका थिए । नागरिकहरुको यहि गुनासोलाई सम्बोधन गर्ने क्रममा सडकको उक्त क्षेत्रमा मात्रै खर्च गर्ने गरि कुनै बजेट नभएका कारण संबिधान दिवसको अबसर पारेर सडक मर्मत गरिएको प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद आचार्यले बताउनुभयो ।

सडक मर्मत कार्यमा जिल्ला समन्वय समितिका प्रमुख जय बहादुर श्रेष्ठ, सिद्धिचरण नगरपालिका ओखलढुङ्गाका प्रमुख मोहन कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गणेश आचार्य सहित जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु सगै सशस्त्र प्रहरी गुल्म हेडक्वाटर ओखलढुङ्गाका प्रहरी जवानहरु समेत सहभागी भएका थिए । त्यस्तै श्रमदान सडक मर्मत कार्यमा जिल्लाका सञ्चारकर्मी तथा केही स्थानीय नागरिकहरु पनि कार्यक्रममा सहभागी रहेका थिए । शोमवार भएको उक्त कार्यक्रममा सधैजसो सबै कार्यक्रममा सहभागीता जनाउने नेपाल प्रहरी तथा नेपाली सेनाको टोली भने सहभागी रहेको थिएन ।

सडक मर्मत भए सगै ओखलढुङ्गा जिल्ला समन्वय समिति टोल हुदै ज्यामिरे, च्यानम, मूलखर्क, फलाटे, फेदिगुठ, फुलवारी तर्फ जाने यातायातका साधनलाई सहजता भएको छ । त्यस्तै पैदल यात्रा मार्फत उक्त स्थान पार गर्ने पैदलयात्रीहरुलाई समेत सडक मर्मत भएपछि फाईदा पुगेको छ ।

कार्यक्रम तस्वीरमा ः