नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

खोलाले बगाउँदा एक महिलाको ज्यान गयो

ओखलढुङ्गान्युज, भदौ १२ रामेछाप । खोलाले बगाएर रामेछापमा एक महिलाको ज्यान गएको छ । रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ३ की वर्ष ५६ कि राधिका कार्कीलाई खोलाले बगाउदा उनको मृत्यु भएको हो । सोलुखुम्बु जिल्लावाट तिज मनाउन माइत रामेछाप आउँदै गरेकी छोरीलाई बीच बाटोसम्म लिन गएकी कार्कीको बुधबार साँझ खोलाले बगाउँदा ज्यान गएको हो ।

मृतक कार्की सोलुखुम्बुको सगरडाँडाबाट माइत आउँदै गरेकी छोरीलाई लिनका लागि बीच बाटोसम्म गएकी थिईन् । बुधवार साँझपख परेको लगातार वर्षाका कारण कार्कीको घरभन्दा केही पर रहेको ठाडो खोलामा आएको बाढीले कार्कीलाई बगाएको थियो ।

निरन्तर पानी परिरहेको बेला बीचवाटोसम्म आफुलाई लिन आमा आउने खबर पाएकी छोरीले आमालाई पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन नसकेपछि घरमा खबर गरेकी थिईन् । घरपरिवारका सदस्यहरुले पनि राधिका घरमा नफर्किएको बताएपछि गाउँलेहरु मिलेर राधिकाको खोजीमा जुटेका थिए ।

स्थानीय बासीहरुले खोजी गर्दा बिहीबार बिहान मात्र राधिकाको शव बाटोदेखी  झण्डै ६५ मिटर तल खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।