नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

भाञ्जी नाताकी ७ बर्षीया बालिका बलात्कार गर्ने तामाङ पक्राउ

ओखलढुङ्गान्युज, भदौ ७ ओखलढुङ्गा । भाञ्जी नाताकी एक बालिका बलत्कार गरेको आरोपमा ओखलढुङ्गाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोलुङ गाउँपालिका वडा नम्बर ६ श्रीचौरका वर्ष १८ कुमार तामाङ रहेका छन् ।

मंगलबार दिउँसो बालिकाको घरमै गएर बालिकालाई बलत्कार गरेको अभिभावकको उजुरीका आधारमा तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो ।

अविभावकको उजुरीका आधारमा प्रहरीले तामाङलाई बुधवार नै पक्राउ गरेको हो । पक्राउ परेका तामाङ विरुद्ध जबर्जस्ती करणी अन्तर्गतको मुद्दा दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।