नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ओखलढुङ्गामा एक पुरुष मृत फेला

विवेश श्रेष्ठ, भदौ ४ ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं ९ साविकको ज्यामिरे गाविसमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृतक ज्यामिरे स्वास्थ्य चौकीका कार्यालय अहेबरहेको स्थानियले बताएका छन् ।

मृतक ज्यामिरे स्वास्थ्य चौकीका कर्मचारी अन्दाजी वर्ष ४०/४१ को पृथ्वी बहादुर बानिया रहेको स्थानीय टोकल श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार मृतक बानिया स्वास्थ्य चौकीका अहेव हुन ।

घटनाको बारेमा स्थानीयले जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको र अहिले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजिव श्रेष्ठको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घटनाको बारेमा बिस्तृत जानकारी भने आउन बाँकी छ ।